अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रिन्स दाहाललाई दोहोरो उपाधी

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रिन्स दाहाललाई दोहोरो उपाधी

विराटनगर : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित हात पार्दै उपाधी जितेका छन् ।

प्रिन्स यू–१९ र यू–१५ दुबैतर्फ विजयी भएका हुन् । फाइलनमा यू–१९ मा उच्च बरियताका प्रफुल महर्जनलाई २१–८ र २१–१० ले पराजित गर्दै उनले उपाधी रक्षा गरे । यस्तै यू–१५ मा उनले म्यानमारका ज लिन थुलाई २१–१५, १७–२१, २१–९ ले पराजित गर्दै दोहोरो उपाधी उचालेका हुन् ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा विराटनगरमा शुक्रबार सम्पन्न प्रतियोगिताको महिला यू–१९ मा उच्च वरियताकी जेशिका गुरुङले रशिला महर्जनलाई २४ –२२, २१– १४ ले पाखा लगाउँदै उपाधी जितिन् ।

यस्तै उनले रशिलासँग मिलेर यू–१९ गल्र्स जोडीतर्फ पनि उपाधी हात पारिन् । जेशिका र रशिलाको जोडीले सीमा राजवंशी र निता लम्साललाई २१–१२, २१–३ ले पाखा लगाए ।

सहिद रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यू–१९ पुरुष युगल तर्फको खेलमा म्यानमारका ज लिन थु र थु रिनको जोडीले प्रफुल महर्जन र रुकेश महर्जनको जोडी माथि १९ । २१, २१ । १८ र २१ । १७ को जित निकाल्दै उपाधी कब्जा गरे ।

यू–१५ गल्र्सतर्फको खेलमा उच्च वरियताकी रशिला महर्जनले स्मृति राईलाई २१–७, २१–३ ले पराजित गर्दै उपाधी हात पारिन् । विजयी शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी खेलाडीहरुलाई विराटनगर नगरपालिकाका मेयर भीम पराजुली लगायतले पुरस्कार वितरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.