कांग्रेस आन्दोलनले कर बढेको कर फिर्ता

कांग्रेस आन्दोलनले कर बढेको कर फिर्ता

धरान : कांग्रेसको आन्दोलनका कारण धरान उपमहानगरपालिकाले वृद्धि गरेको कर फिर्ता भएको छ। 

कांग्रेसले सुरु गरेको कर फिर्ताको आन्दोलनमा अन्य साना दलले सहमति जनाएपछि उपमहानगरपालिकाले कर समस्या समाधान गर्न संयुक्त सुझाव समिति गठन गरेको थियो। 

समितिले मंसिर १६ गते बुझाएको प्रतिवेदनका आधारमा शनिबारबाट वृद्धि गरिएको कर फिर्ता भएको उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले जानकारी दिइन्। 

उनले आगामी कार्यपालिकाको बैठकबाट अनुमोदन गराउने गरी वृद्धि  गरिएको कर फिर्ता गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइन्। 

भण्डारीले यस अगाडि उपमहानगरले वृद्धि गरिएको सबै घरजग्गा, व्यापार व्यवसाय लगायतका सबै क्षेत्रको कर पुर्नमूल्यांकन गरी घटाएको उनको भनाइ छ। 

कांग्रेस धरानका सभापति तिलक राईले कांग्रेसलगायतका अन्य दलहरुको आन्दोलनका कारण उपमहानगरपालिकाले करवृद्धि फिर्ता लिन बाध्य भएको बताए। 

कांग्रेसलगायतका दलको आन्दोलनका कारण उपमहानगरपालिकाको धरान वडा नम्बर २० का अध्यक्ष मणिराम राई, १५ नरेश इवारम र १७ वडाका अध्यक्ष मनोज भट्टराई  तथा आन्दोलनकारीको तर्फबाट कांग्रेसका तर्फबाट अनिल श्रेष्ठ, श्याम पोखरेल, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका धरान अध्यक्ष सन्जुहाङ साँवा र प्रा.डा. अशोक झासहितको कर पुर्नमुल्यांकन समिति गठन गरेको थियो। 

सोही समितिका सुझावका आधारमा वृद्धि गरिएको कर फिर्ता गरिएको उपमहानगरपालिकाले जनाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.