फाल्गुनन्द गोल्डकप : उपाधिका लागि झापा र आर्मी भिड्ने

फाल्गुनन्द गोल्डकप : उपाधिका लागि झापा र आर्मी भिड्ने

फिदिम : फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि झापा ११ सँग त्रिभुवन आर्मी क्लब काठमाडौं भिड्ने भएका छन्। 

फिदिम माविको मैदानमा शनिबार भएको सेमिफाइनलको अन्तिम खेलमा दार्जिलिङको रोयल फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मीले झापासँग उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो। 

सोमबारा फिदिम माविको मैदानमा उपाधिका लागि फाइनल खेलको तयारी गरिएको छ। आर्मीको कठिन जितका लागि राजेश पौडेल र एरिक विष्टले गोल गरे। दार्जिलिङका सिद्धान्त क्षेत्रीले सान्तवना गोल गरे। 

खेलको १३ औँ मिनेटमा आर्मीका राजेश पौडेलले सुरुवाती गोल गरेका थिए। खेलको २१ औँ मिनेटमा दार्जिलिङका सिद्धान्त क्षेत्रीले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

पहिलो हाफमा बराबरीमा खेलेका दुवै टिमले दोस्रो हाफमा निकै आक्रमक खेलेका थिए। प्रतिस्पर्धात्मक खेलमा जित निकाल्न  आर्मीलाई निकै कठिन परेको थियो। 

खेलको ८९ औँ मिनेटमा एरिकले गरेको गोल नै आर्मीको जितका लागि निर्णायक बन्यो। थ्रोइङ बललाई दार्जिलिङका डिफेन्सले क्लियर गर्न नसक्दा एरिकले निर्णायक गोल गरेका हुन्। 

खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा दार्जिलिङ प्रतियोगिताबाट बाहिरिएको हो। शनिबार भएको सेमिफाइनको अन्तिम खेलमा आर्मीका एरिक म्यान अफ दि म्याच चुनिए। उनले १० हजार नगद प्राप्त गरे। 

राम्रो खेलेर पनि आफ्नो टिमले हार खानुपरेको दार्जिलिङका खेल प्रशिक्षक सचिन्द्र धिमालले प्रतिक्रिया दिए। ‘अन्तिममा सम्हालिन नसक्दा टिमले हार खायो,’ धिमालले भने। उच्च मनोबलका साथ खेलेकाले जित निकाल्न सकिएको आर्मीका प्रशिक्षक गंगाराम देउजाले बताए। ‘फाइनल खेलमा अझ शसक्त टिम मैदानमा उतार्नेछौँ,’ देउजाले भने।

प्रतियोगिताको विजेता टिमले उपाधिसहित चार लाख र उपविजेता टिमले दुई लाख नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकरी दिए। प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.