बारीबाटै सुपारी तस्करी

बारीबाटै सुपारी तस्करी

धरान : प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्।

काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट रातभरी तस्करले भारततर्फ लैजाने गरेका छन्। नेपालले भारतलगायतका तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लगाएको भए पनि तस्करले यि तीन जिल्लामा उत्पादन भएको सुपारी रातको समयमा भारत तिर तस्करी गर्ने गरेका छन्।

सरकारले सुपारी निकासी गर्न प्रतिबन्ध लगाएपछि भारतीय तस्करले सिजन सुरु हुनु अगावै काँचो सुपारी संकलन तीव्र बनाएका छन्। सुनसरीको धरान, इटहरी, बराहक्षेत्र, इनरुवा, रामधुनी, दुहबीलगायतका स्थानमा किसानले उत्पादन गरेको काँचो सुपारी बोटमै गएर संकलन गर्ने गरिएको छ। त्यस्तै मोरङको विराटनगर, बेलवारी, उर्लावारी, पथरी, रंगेलीलगायतका स्थानमा पनि काँचो सुपारी संकलन भइरहेको छ। झापाको दमक, बिर्तामोड, शिवसताक्षी, बेलडाँगी, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानमा पनि भारतीय तस्करले किसानका सुपारी संकलन गर्ने कार्यलाई तीव्र पारेका छन्। तस्करले काँचो सुपाडी बोक्रैसँग जोखेर प्रतिकिलो २० रुपैयाँका दरले भुक्तानी दिँदै आएका छन्। धरानका सन्दीप लिम्बूले भारतीयलाई बोक्रैसहितको सुपारी प्रतिकिलो २० रुपैयाँले बिक्री गरेको बताए।

भारतीय तस्करले संकलन गरेको सुपारी काँकडभिट्टा र जोगवनी नाका हुँदै भारततर्फ लैजाने गरेका छन्। तस्करहरूले भन्सार नाकामा कडाइ हुने भन्दै खुल्ला सीमानाबाट मध्यरातमा सुपारी भारततर्फ लैजाने गरेको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्। धरानमा सुपारी संकलन गरिरहेका भारतीय नागरिक मोहमद जफिर मियाँले नेपालमा संकलन गरेको सुपारी सिलिगुडी लैजाने गरेको बताए। उनले भारतबाट साहुले १० जनाको समूह बनाएर सुपारी संकलन गर्न पठाएको बताएका छन्। संकलन गरेर विभिन्न ठाउँमा राखिएपछि रातको समयमा भारत कटाउने गरिएको उनले बताए।

भारतीय तस्करले धरान, इटहरी, दमक र बिर्तामोडमा अवैध रूपमा संकलित सुपारी भण्डारण गर्ने गरेका छन्। राजस्व कार्यालयसँग अनमुति लिएर सुपारी संकलन गर्न पाइने भए पनि अवैध रूपमा भारतीयहरू नेपाल प्रवेष गरी सुपारी संकलन गरिरहेको स्थानीयको भनाइ छ। अवैध रुपमा भण्डारण गरिएको सुपारी भने प्रहरीले बरामद गर्न सकेको छैन। सुपारी संकलनमा खटिएका अर्का भारतीय मजदुरले काम गरे वापत दैनिक एक हजार रुपैयाँ पाउने गरेका छन्।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले अवैध रूपमा सुपारी संकलन गरिएको विषयमा भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी तस्करी नियन्त्रणको काम थाल्ने बताए। आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख देवनारायण पौडलले सुपारी भण्डार गर्दा भण्डार गर्ने गोदामको दर्ता र स्वीकृत लिएर मात्र सुवारी भण्डार गर्ने व्यवस्था रहेको बताए। उनले राजस्व कार्यालयको अनुमति बेकर सुपारी भण्डारण गर्ने व्यवसायीलाई कारवाही हुने बताए।

विराटनगर भन्सार कार्यालयका अधिकृत अशोक गुरागाईले भन्सार कार्यालयबाट प्रक्रिया पूरा गरेर सुपारी निकासी गर्ने काम एक वर्षदेखि बन्द रहेको बताए। ‘एक वर्षदेखि सुपारी निकासी भइरहेको छैन्’, उनले भने, ‘तस्करीमा संलग्नले चोर बाटो प्रयोग गरेर कटाउने गरेका कारण भन्सारबाट प्रक्रिया पूरा नगरेको हुन सक्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.