घनचक्करको सेरोफेरो

घनचक्करको सेरोफेरो

पोखरा : सञ्जीव उप्रेतीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिएपछि पत्रकारले उनलाई सोधे, ‘अब के गर्नुहुन्छ ? ’ उनले सहज उत्तर दिए, ‘परिवारलाई समय दिन्छु, बुवा बिरामी हुनुहुन्छ, उहाँसँग समय बिताउँछु।’

उप्रेती शनिबार पोखरामा ‘घनचक्कर’ उपन्यासको सेरोफेरोमा पाठकहरूसँग गफिए। एउटा मान्यता छ, किताब लेखेपछि लेखकको मृत्यु हुन्छ। तर अचेल लेखकसँग पाठकहरू प्रत्यक्ष साक्षात्कार गर्छन्। उप्रेतीकै विद्यार्थीसमेत रहेका पृथ्वीनारायण क्याम्पसका प्राध्यापक सरोज कोइरालाले पहिलो प्रश्न गरे, ‘हामी त डेथ अफ अथर पढेका मान्छे, सरलाई लेखकका रूपमा प्रश्न गरौं कि पाठकको रूपमा ? ’ सञ्जीवले फ्याट्ट भने, ‘लेखककै रूपमा सोध्नोस्।’

कतिपयले उप्रेतीलाई उपन्यास घनचक्कर उनकै आत्मकथा पनि भन्छन्। यो प्रसंग पोखरामा पनि उप्कियो। र्‍यान्डम रिडर्स सोसाइटीको कार्यक्रममा सञ्जीवले भने, ‘हो, उपन्यासको पात्र विश्वविद्यालयमा पढाउँछ। कति कुरा म आफैंसँग पनि मिल्छन्।’ उनले उपन्यासमा आफूले व्यक्तिगत जीवनका घटना प्रयोग गरेको स्वीकारोक्ति दिए। अनि भने, ‘तर आख्यानीकरण गरेको छु। शून्यमा त केही गर्न सकिन्न नि। आत्मकथा त होइन तर आत्मकथाका तत्त्वहरू छन्। तर, यो आख्यान नै हो, यसको मुख्य पात्रलाई पागलखाना पुर्‍याइन्छ। तर, मलाई चाहिँ अहिलेसम्म पुर्‍याइएको छैन।’

लेख्दा उत्तरआधुनिकतावादी, लीलालेखनवादी बनाउने वा अरू कुनै भन्नेबारे सोच्दै नसोचेको सञ्जीवले सुनाए। ‘व्यक्तिको पागलपन देखाउनु थियो, समाजको पागलपन देखाउनुभयो, मसँग विषय थियो वाद थिएन।’ आफूलाई घनचक्कर उपन्यास पागलले गरेको गन्थन रैछ भने पनि स्वीकार्य हुने उनले बताए। ‘यो किताब लेख्दा म अलिकति डिस्टर्ब थिएँ, आमालाई अल्जाइमर भएको थियो, बस आफ्नो अनुभूतिसँग इमानदार हुने प्रयास गरेँ’, उनले भने।

पृथ्वीनारायण क्याम्पसकै अर्का प्राध्यापक विष्णुप्रसाद पौडेलले घनचक्कर प्रयोगशील उपन्यास भएको विचार राखे। पोखरा विश्वविद्यालयका प्राध्यापक शिव संकल्पले कतिपयलाई पढ्न दुरुह लागे पनि आफूलाई त्यस्तो नलागेको अनुभव सुनाए। अर्का प्राध्यापक विश्व अधिकारीले सञ्जीव उप्रेतीसँग विश्वविद्यालय पढ्दाताकाका रहस्य खोतले।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.