अस्तव्यस्त बीपी प्रतिष्ठान : एकअर्कालाई दोष लगाउँदै बस्छन् पदाधिकारी

अस्तव्यस्त बीपी प्रतिष्ठान : एकअर्कालाई दोष लगाउँदै बस्छन् पदाधिकारी

धरान : अत्याधिक पेट दुखेपछि धरान ६ की मनीषा राई बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुगिन्। प्रतिष्ठानको ओपीडीमा स्वास्थ्य परीक्षण गराएपछि उनलाई चिकित्सकले तत्काल भिडियो एक्सरेको रिपोर्ट लिएर आउन फर्म भर्न पठाए। चिकित्सकको सल्लाहअनुसार उनी प्रतिष्ठानको रेडियोलोजी विभागमा पेटको भिडियो एक्सरे गर्न गइनँ। तर, रेडियोलोजी विभागका कर्मचारीले माघ १० गते आउनु भन्दै फर्काइदिए।

धरान १५ की सरिता आलेलाई पनि पेटको भिडियो एक्सरे गर्न माघ १० गते नै बोलाइएपछि प्रसव पीडाले छटपटाइरहेकी उनलाई पनि घर फर्काइयो। प्रतिष्ठानकै कारण ज्यान जोखिममा परेको उनले गुनासो गरिन्।

प्रतिष्ठानको सर्जरी वार्डमा सातादेखि धरान–१६ का रामबहादुर भण्डारी सुतिरहेका छन्। उनको पेटको शल्यक्रिया गरिएको छ। चिकित्सकहरूले उनलाई तीन दिनसम्म बेडसिट उपलब्ध गराएनन्। त्यतिमात्र हैन भण्डारीको पेटबाट झिकिएको ट्युमरको परीक्षण गर्न प्रयोगशालामा दिएका थिए। तर, हप्ता दिनसम्म रिपोर्ट नआएपछि उनका आफन्तसँग सर्जरी वार्ड र प्रयोगशालामा चिकित्सक र नर्सहरूसँग बाझाबाझ नै चल्यो।

प्रतिष्ठान जस्तो ठाउँमा तीन दिनसम्म बिरामीलाई बेडसिट उपलब्ध नगराउनु व्यवस्थापनको चरम लापरवाही भएको भण्डारीका ज्वाइँ विनोद लम्सालको आरोप छ। कमजोर व्यवस्थाले धरानस्थित प्रतिष्ठानको सेवा अस्तव्यस्त बन्दै छ। प्रतिष्ठानमा जनशक्तिलगायत सबै पक्ष अपर्याप्त छ। बिरामीको ज्यान जोखिममा छ। दैनिक उपचारमा आउने बिरामीले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्। प्रतिष्ठानमा हाल उपकुलपति डा. राजकुमार रौनियार, शिक्षाध्यक्ष डा. गुरु खनाल, निर्देशक डा. गौरिशंकर साह र रजिस्ट्रार तुलबहादुर श्रेष्ठ छन्।

मंसिरमा मात्र ४० जना स्टाफ नर्सले जागिर छाडेपछि प्रतिष्ठानमा भर्ना भएका बिरामीको उपचार प्रभावित हुन पुगेको थियो।

तर, प्रतिष्ठानको कुनै पनि काममा उनीहरूबीच तालमेल देखिँदैन। कारण प्रतिष्ठानको अवस्था दिनप्रतिदिन कमजोर बन्न पुगेको प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ बताउँछन्। प्रतिष्ठानमा बेडसिट, इन्जेक्सन, ग्लोप्स, गज, ब्यान्डेज जस्ता सामान्य सामान अभावमा उपचारमा गम्भीर समस्या भएको जनाए। प्रतिष्ठानले बिरामीको उपचारमा अति आवश्यक पर्ने समाग्रीहरू समेत बिरामीलाई किन्न लगाउने गरेका पनि तामाङले आरोप लगाए। ‘प्रतिष्ठानमा एकअर्काप्रति तालमेल नै छैन। आफूआफू रिस गर्छन्। यसले प्रतिष्ठान मारमा परेको छ’, उनले थपे, ‘यस्तै हुँदै जाने हो अवस्था थप लथालिंग छ, उनीहरू आपसमा आरोप मात्र लगाउँछन्।’

प्रतिष्ठानमा हाल पाँच वटा भिडियो एक्सरे, दुइटा सिटी स्क्यान, छ वटा डिजिटल एक्सरे मेसिन मात्र सञ्चालित छन्। एउटा मात्र रहेको एमआरआई मेसिन पनि बिग्रिएको छ। प्रतिष्ठानको रेडियोलोजी विभाग प्रमुख डा. मुकेश दासले दैनिक छ सयभन्दा बढी बिरामी भिडियो एक्सरे गर्न आउने भएका कारण सबैको परीक्षण तत्काल सम्भव नभएको बताउँछन्। जनशक्ति र उपकरण अभाव पनि रहेको उनले बताए।

प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले रजिस्ट्रार श्रेष्ठ कार्यालयमा नियमित नबस्ने गरेका कारण सेवा प्रभावकारी नभएको आरोप लगाए। प्रतिष्ठानमा एक सय २० जना स्टाफ नर्स र आठ जना एमबीबीएस डाक्टरको विज्ञापन माग गरिए पनि श्रेष्ठकै कारण नियुक्ति प्रक्रिया अघि नबढेको बताए।

मंसिरमा मात्र ४० जना स्टाफ नर्सले जागिर छाडेपछि प्रतिष्ठानमा भर्ना भएका बिरामीको उपचार प्रभावित हुन पुगेको थियो। साहले प्रतिष्ठानको स्वास्थ्य सेवामा सामान्य कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता जनाएका छन्। प्रतिष्ठानमा आईसीयू र डाइलासिस मेसिनसमेत छैन। उपकुलपति रौनियारले सिनेट बैठक नबोलाएका कारण प्रतिष्ठानमा अध्ययन गरिसकेका डाक्टर र नर्सको दीक्षान्त समारोहसमेत रोकिएको प्रतिष्ठानका शिक्षाध्यक्ष गुरु खनालले बताए।

प्रतिष्ठानका उपकुलपति रौनियारले रजिस्ट्रार श्रेष्ठले कास बैठक नबोलाएका कारण प्रतिष्ठान सुधारका काममा अवरोध पुगेको बताएका छन्। उनले सिनेट बैठक बस्नु अगाडि कास बैठक बसेर एजेण्डा पास गर्नु पर्ने भएकाले रजिष्ट्रार कै कारण समस्या उत्पन्न भएको आरोप लगाए। रजिस्ट्रार श्रेष्ठले रौनियार उपकुलपति बनेपछि प्रतिष्ठान लथालिंग बनेको र अन्य पदाधिकारीहरूका अधिकार खोसिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.