एकैदिन १० कार्यविधि पारित

एकैदिन १० कार्यविधि पारित

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले १० वटा कार्यविधि पारित गरेको छ। गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले विभिन्न १० वटा कार्यविधि पारित गरेको गाउँपालिकाका प्रवक्ता हेमा भट्टले जानकारी दिइन्।

बैठकले 'घ' वर्गका निर्माण व्यवसायी इजाजत पत्रसम्बन्धी कार्यविधि २०७५, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५, उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ र मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि २०७५ पारित गरेको उनले जानकारी दिइन्।

यस्तै सुर्नया गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई कार्यविधि २०७५, स्थानीय कृषि व्यवसाय प्रवद्र्धन कार्यविधि २०७५, एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७५, व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि २०७५, न्यायिक समिति कार्यसम्पादन कार्यविधि २०७५ र सहकारी संस्था दर्ता तथा सञ्चालन कार्यविधि २०७५ पारित भएको छ।

विभिन्न कार्यविधि पारित भएपछि गाउँपालिकाले सम्पादन गर्ने कार्यमा सजिलो हुने गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले जानकारी दिए। उनले भने, 'स्थानीय सरकार भएको नाताले आफ्नै कानुन बनाएर काम गर्नुपर्ने हुन्छ। हामीले अतिआवश्यक कानुन र कार्यविधि निर्माण गरिसकेका छौं।अब गाउँपालिकाले सम्पादन गर्ने कामलाई प्रभावकारी रुपमा अघि बढाउँछौं।'

केही दिनमै स्थानीय राजपत्रमा कार्यविधि प्रकाशित गरेर कार्यविधि लागू गरिने अध्यक्ष बिष्टले बताए। गाउँपालिकाले शिक्षा कार्यविधि यस अघि नै पारित गरेर लागू भइसकेको छ। गाउँपालिकाले वन तथा वातावरण सम्बन्धि कार्यविधि, लक्षित समूह उत्थान कार्यविधि निर्माणको चरणमा रहेको जनाएको छ । यस्तै, गाउँपालिकाको केन्द्रका लागि विभिन्न मापदण्ड तोक्दै विज्ञ टोली गठन गर्ने निर्णय समेत बैठकले गरेको छ। 

गाउँपालिकाको केन्द्रका लागि निशुल्क रुपमा उपलब्ध भएको जमीन हुनुपर्ने, सतबाँझ श्रीभावर सडकको नजिक हुनुपर्ने, गाउँपालिकाको मध्यभागमा हुनुपर्ने, भविष्यमा अन्य कार्यालय स्थापनाका लागि पनि ठाउँ भएको हुनुपर्ने, पानीको व्यवस्था भएको लगायतका कुराहरु मापदण्डमा उल्लेख गरिएका छन्।

कार्यपालिकाको बसेको बैठकले गाउँपालिकाको केन्द्र नजिकै अस्थायी प्रहरीचौकी स्थापनाका लागि भाडामा घर लिने निर्णय समेत प्रवक्ता भट्टले जानकारी दिइन्। गाउँपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि २०७५ पारित गरेसँगै अब गाउँपालिकामा साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै मदिराको कारोबार गर्न पाइने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.