वडा सदस्यको मासिक सुविधा बढाउन माग

वडा सदस्यको मासिक सुविधा बढाउन माग

सिरहा : सिरहाको धनगढीमाई नगरपालिकाले तेस्रो हिउँदे नगरसभाबाट वडा सदस्यको मासिक सुविधा १५ हजार बनाउन माग गर्ने निर्णय गरेको छ। प्रदेश २ का स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५को अनुसूची १ मा उल्लेखित वडा सदस्यको मासिक सुविधा न्यूनतम रुपमा १५ हजार र दफा ४ मा भएको बैठक भत्ता सम्बन्धी व्यवस्थालाई संसोधन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। बैठक भत्ता कटौती गर्दा साउन यता स्थानीय तहका जनप्रनिधिले भत्ता पाएका छैनन्।

त्यसैगरी धनगढीमाई नगरपालिले आफूअन्तर्गत बञ्चितिमा रहेका वर्गहरुको क्षमता विकास गर्न सचेतानामुलक कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेका छन्। गत वर्षमा स्थानीय तहले लक्षित वर्गको बजेट संघसंस्थामार्फत खर्च गर्दै आएको थियो।

पालिकाले संघसंस्थालाई अब रकम नदिने र सचेतानामुलक अभियानमा खर्च गर्ने निर्णय गरेको हो।वर्षभरिमा १÷२ दिन मात्रै तालिम, गोष्ठी र कार्यक्रम चलाएर खासै उपलब्धी नहुने भन्दै नगरले यस्तो निर्णय गरेको हो।

यसमा संघसंस्थालाई पनि सहभागीता गराउने नगर प्रमुख हरिनारायण चौधरीले जानकारी गराए। वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सञ्चालन गर्ने, सोही वडामा कबर्ड हल तथा स्टेडियम निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्ने साथै प्रत्येक वडामा खेल मैदान बनाउने कुरा नगरसभाबाट पारित गरेको ९ बुँदे निर्णयमा उल्लेख छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.