आँखा अस्पताललाई जापानको करिब १ करोड सहयोग

आँखा अस्पताललाई जापानको करिब १ करोड सहयोग

गाईघाट : उदयपुरको सदरमुकाम गाईघाटमा निर्माणाधिन आँखा अस्पताल भवनका लागि जापान सरकारले ८१ हजार १९२ अमेरिकन डलर सहयोग गर्ने भएको छ। नेपाल नेत्र ज्योती संघ उदयपुरमार्फत खर्च गर्ने गरी जापानिज रातदुताबासले अस्पतालका लागि करिब ९० लाख ५० हजार नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको हो। भवन निर्माणसँगै प्राथामिक आँखा उपचार केन्द्र सुविधा सम्पन्न अस्पतालको रुपमा परिणत हुने नेत्र ज्योती संघका सभापति भागवत राउतले जानकारी दिए। 

भवनको अभावमा भाँडा तिरेर सञ्चालनमा ल्याइएको केन्द्रलाई दातृनिकायको सहयोगमा भवन निर्माण गरी अस्पतालमा परिणत गर्न लागिएको हो। प्राथामिक आँखा उपचार केन्द्र विगत १० वर्षदेखि नेत्र ज्योति संघ मातहतमा रहेर उदयपुर, खोटाङ, भोजपुरका जनतालाई सेवा पुर्‍याउँदै आएको छ। संघका सभापति भागवत राउतले जानकारी दिए। 

उपलब्ध गराइने रकम संघका सभापति राउत र जापानका राजदुत मासामिची साइगाबीच पुस १३ गते नै सम्झौता भइसकेको छ। सामान्य अप्रेशनका लागि पनि ठूलो रकम खर्च गरेर बाहिर जिल्ला जानुपर्ने भएकाले सर्वसाधारणका हितलाई मध्यनजर गरी सुविधा सम्पन्न अस्पताल निर्माण गर्न लागिएको राउतले बताए।

भवन निर्माण लगत्तै प्रभावकारी उपचार सेवा सुरु गरिने उनले बताए। त्रियुगा नगरपालिकाले आँखा अस्पताल सञ्चालन गर्ने गरी वडा नं १० बाँसबारीमा नेत्र ज्योति संघलाई २०६५ पुस २५ गतेको नगरपरिषदबाट पारित गरी साविक भुमरसुवा ४ 'छ' कित्ता नं ६८३ बाट १ बिघा जमिन भोकाधिकार हस्तान्तरण गरेसँगै भवन निर्माणको काम सुरु गरिएको हो।

आँखा अस्पतालको  नयाँ कार्यसमिति।

२ वर्षअघि सुरु गरिएको भवन २०७६ सालभित्र सम्पन्न हुने भवन निर्माण समितिका संयोजक कुमार घिमिरेले बताए। निर्माणाधिन भवन निर्माणका लागि यसअघि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सभाषद मन्जुकुमारी चौधरीले निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट ४० लाख रुपैयाँ उपलब्ध गराएकी थिइन्। पूर्वसहरी विकास राज्य मन्त्रीसमेत रहेकी चौधरीले शहरी विकास मन्त्रालयबाट ५० लाख गरी हालसम्म ९० लाख रुपैयाँ खर्च भइसकेको भवन निर्माण समितिका सदस्य कृष्णकुमार भण्डारीले बताए।

'जापानको सहयोग प्राप्त भएसँगै आँखाको अप्रेसनसमेत गर्ने गरी आँखा अस्पतालको पूर्वाधार तयार हुने छ,' सभापति राउतले भने, 'आँखा अस्पताल शारीरिकरुपमा असक्त व्यक्ति, महिला र बालबालिकामैत्री हुने छ।'

२०६१ सालमा नेपाल नेत्र ज्योती संघ स्थापनासँगै २०६५ सालदेखि संघको व्यवस्थान र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्रविधिक सहयोगमा त्रियुगा नगरपालिकाको भवनमा आँखा उपचार केन्द्र संञ्चालन छ। 

कतिले पाए उपचार 

आँखा उपचार केन्द्र स्थापना भएपश्चात अहिलेसम्म एक लाख २७ हजार २७१ जना आँखाका बिरामीले उपाचार सेवा पाएको केन्द्रका चिकित्सक दुल्लिराज तिमल्सिनाले बताए। त्यसमध्ये ५४ प्रतिशत अर्थात् ६८ हजार ५१८ जना महिला र ४६ प्रतिशत ५८ हजार ७८३ पुरुषले सेवा पाएको उनले बताए। दुबैमध्ये २० प्रतिशत बालबालिका रहेको जनाइएको छ ।
प्राथामिक उपचारबाहेक अप्रेशनको व्यवस्था नभएपछि उपचार केन्द्रले हालसम्म १२ हजार १९५ जनालाई अप्रेशनका लागि बाहिर जिल्ला रेफर गरेको जनाएको छ। तथ्यांकअनुसार २०१८ मा मात्रै केन्द्रले १६ हजार ३६ जनालाई सेवा प्रदान गरेको सभापति राउतले बताए।

सेवा केन्द्रले विशेषगरी सामान्य शल्यक्रिया, शिविरमार्फत जटिल प्रकारका शल्यक्रिय, मोतियाबिन्दुको उपचार, विद्यालय र समुदाय स्तरका शिविर सञ्चालन गर्दै आएको सभापति राउतले जानकारी दिए। केन्द्रले मोतियाबिन्दुलगायतका आँखाका अन्य ठूला शल्यक्रिया तत्काल गर्नुपरे चौधरी आँखा अस्पताल लहान पठाउने गरेको राउतले बताए।

आँखाको दृष्टिदोषलगायतका समस्या हुनेले केन्द्रबाट सहजै सेवा लिइरहेको बताइएको छ। केन्द्रमा आएका बिरामीमध्ये ९२ प्रतिशत उदयपुर ५ प्रतिशत खोटाङ र बाँकी ३ प्रतिशत अन्य जिल्लाबाट आउने गरेका छन्। त्यसैगरी भारतीय राजदुतावासको सहयोगमा आँखा उपचार केन्द्रले आफ्नै एम्बुलेन्स सेवा समेत संचालन गरिरहेको छ।

संघको अध्यक्षमा पुनः राउत 

नेपाल नेत्र ज्योति संघ उदयपुरको सभापतिमा पुनः भागवत राउत सर्वसहमत चयन भएकाछन्। शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशन तथा १४ औं साधारणसभाले राउतको नेतृत्वमा १३ सदस्य जिल्ला कार्यसमति चयन गरेको हो।

समितिको सदस्यमा सृजना दनुवार, ज्ञानबहादुर बस्नेत, कृष्णकुमार भण्डारी, कुमार घिमिरे, अधिकारकर्मी भरत खड्का, सुनिलकुमार महत्तो, बन्दना दनुवार, शर्मिला दाहाल, जेवि खड्का, रविन्द्र चौधरी, नविन राई र नवराज राउत रहेका छन्। विधानअनुसार समितिमा रहेका व्यक्तिलाई कार्यसमितको बैठकबाट पदाधिकारीमा मनोनित गरिन्छ। 

सभापति भएसँगै राउतले भवन निर्माणका लागि आफूले तीव्रता दिएको कामलाई निरन्तरता दिई एक वर्षभित्र अप्रेशन गर्ने गरी योजना अघि सारेको बताए। आँखा मानिसको सबैभन्दा सम्वेदनशील अंग रहेकाले त्यसलाई जिवन्त दिई राख्न पनि वर्तमान कार्यसमितिले भूमिका खेल्ने प्रतिबद्धा व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.