कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुष्पराज विजयी

कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुष्पराज विजयी

धनगढी : कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर निर्वाचित भएका छन्।आइतबार सार्वजनिक भएको मत परिणाम अनुसार कुँवर प्रतिद्वन्द्वी रुपेश स्वाँर र डिल्लीराज अवस्थीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षमा विजयी पुष्पराज कुँवरले एक हजार मत ल्याएका छन्। प्रतिद्वन्द्वी रुपेश स्वाँरले ९ साय ३१ र  डिल्लीराज अवस्थीले १ सय ७७ मत प्राप्त गरे।

कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीमा कुँवर प्यानल विजयी भएको छन्। कोषाध्यक्षमा स्वाँर प्यानलका भिमराज ओझा 'अव्वु' विजयी भएका हुन्। उनले ९ सय ६६ मत प्राप्त गरे। ओझाका प्रति द्वन्द्वी दिनेश लम्साल ९ सय ३६ र शैलेन्द्र श्रेष्ठ १ सय १५ मत प्राप्त गरे।

यस्तै उपाध्यक्ष उद्योगमा पुष्पराज कुवँर प्यानलका पुष्कर ओझा, उपाध्यक्ष वाणिज्यमा कुँवर प्यानलकै गगन केसी, वस्तुगत उपाध्यक्षमा सोही प्यानलका शिवराज कुँवर, महासचिवमा ओम विष्ट, सचिवमा सिद्धराज पनेरु विजयी भएका छन्।

यस्तै सदस्यमा ४ जना स्वाँर र ७ जना कुँवर प्यानलबाट निर्वाचित भएका हुन्। कुँवर प्यालनलबाट केशवराज जोशी, राधिकाकुमारी चौधरी, मनोज अग्रवाल, तिलक चन्द्र खतिवडा, सुरेन्द्रकुमार बोहोरा, महेन्द्रकुमार सिंह रहेका छन्। यस्तै स्वाँर प्यानलबाट तिलकबहादुर बोहोरा, रवि कुँवर, श्यामराज जोशी र रुपेश खड्का निर्वाचित भएका हुन्।

निर्वाचित पुष्पराज कुवँर।तस्बिर : अन्नपूर्ण
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.