झापामा लडेर मृत्यु
बिर्तामोड : झापाको बुद्धशान्ति गाउँपालिकामा एक युवकको लडेर ज्यान गएको छ। बुद्धशान्ति- १ का २४ वर्षीय अजय राईको आफ्नै खेतमा पानी लगाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले बताएको छ। आइतबार पानी लगाउने क्रममा अचानक चिप्लिएर ढुङ्गामा ठोकिन पुगेका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो।
मृत राईको टाउकोमा चोट लागेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।