गोविन्द केसीलाई निमोनिया, एन्टिबायोटिक लिन मानेनन्

गोविन्द केसीलाई निमोनिया, एन्टिबायोटिक लिन मानेनन्

इलाम : शिक्षा र स्वास्थ्यमा भएको व्यपारीकरणको अन्त्य र जनताको पक्षमा राष्ट्रिय चिकित्सा ऐन ल्याउन माग गर्दै ६ दिन देखि इलाममा सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई निमोनिया सहितका विभिन्न समस्या देखिएपछि विहान इलाम अस्पतालमा भर्ना गरिएको छ।

इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजेन्द्र कुमार शाहले डा. केसीको छातिको दाया भागमा निमोनिया देखिएको जानकारी दिए। केसीको मुटुको चाल अनियमित भएको छ, पल्स पनि अनियमित भएको उनले जानकारी दिए।

राति खोकी लाग्ने, मुटुको चाल तलमाथि हुने, बोल्दा आवाज हराउने समस्या आएपछि डाक्टर र उनका सहयोगीहरूको आग्रहमा केसी इलाम अस्पतालमा सर्न राजी भएका हुन्।

इलाम नगरपालिकाको फुलगाछीमा रहेको उनका एक समर्थकको घरमा सत्याग्रह सुरु गरेका केसीलाई सोमबार विहान इलाम अस्पतालमा सारिएको हो।

उनलाई स्लाइन र अक्सिजन लगाइएको छ। संक्रमण रोक्न ऐन्टिबायोटिक्स प्रयोग गर्न अनुरोध गरेपनि केसीले अस्वीकार गरेका छन्।

>>> गोविन्द केसीको छाति र फोक्सोमा समस्या, बिहानै अस्पताल पुर्‍याइयो

केसीको प्रेसर ९०/६०, पल्स १०० भएपनि अनियमित, शरीरमा अक्सिजन ८९ प्रतिशत मात्रै रहेको डा. शाहले बताए। उनका अनुसार सामान्य मान्छेको शरीरमा ९५ प्रतिशत भन्दा अक्सिजन हुने उनले बताए। उनको शरीरमा तापक्रम सामान्य छ।

शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी राष्ट्रिय चिकित्सा विधेयक माफियाको पक्षमा बएको भन्दै सत्याग्रहमा बसेका हुन्।

'सरकार सम्पर्कविहीन'

केसीलाई अस्पताल लगिँदै।

शिथिल बन्दै गएका केसीलाई भेट्न केसीका तर्फबाट यसअ३ वार्ता टोलीमा संयोजक रहेका डा. अभिषेक सिंह सहितको टोली इलाम आएको छ। सिंहले पछिल्लो सम्झौतामा शक्तिशाली चिकित्सा शिक्षा ऐनको परिकल्पना गरेर आयोगलाई कमजोर बनाउने खेल भएको बताए। उनले सरकारले अहिलेसम्म सम्पर्क समेत नगरेको गुनासो गरे।

केसीको अभियानका सदस्य वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भण्डारीले सम्झौतालाई कार्यान्वायन गर्नुमात्रै अहिलेको समस्याको समाधान भएको बताए। अर्का अभियन्ता रमेश पौड्यालले सरकारले आफ्नै सम्झौता उलंघन गरेर विश्वसनीयता घटाएको बताए।

डा. केसीसँग सरकारले गरेको सम्झौता अक्षरशः पालना नभएपछि ६ दिन अघि सत्याग्रह सुरु गरेका हुन्।

केसीले सम्झौता विपरीत संसदको शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै बुधबार अपरान्ह पाँच बजेबाट इलाममा सत्याग्रह सुरु गरेका हुन्। उनले ६ बुदे माग अघि सारेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.