‘डा. केसीको मागबारे गलत प्रचार’

‘डा. केसीको मागबारे गलत प्रचार’

बिर्तामोड : इलाममा अनशनरत डा. गोविन्द केसीको मागमा अनावश्यक प्रचार गरी विषयलाई तोडमोड गर्न खोजेको भन्दै केसी समर्थक चिकित्सक र उनका अधिवक्ताले आपत्ति जनाएका छन्। झापाको बिर्तामोडमा आइतबार पत्रकार सम्मेलन गर्दै केसीका सहयोगी डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले केसी फेरि किन अनशन बस्नुपर्‍यो र माग के हो भन्नेबारे बुझ्दै नबुझी प्रचार गरेको बताएका छन्।

चिकित्सा शिक्षा विधेयकका लागि सरकारद्वारा गठित माथेमा कार्यदलले दिएको सुझावको सरकारले खिल्ली उडाएकाले केसी अनशन बस्नुपरेको डा. अभिषेकराज सिंहले बताए। प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयविरुद्ध केसी अनशन बसेको भन्दै प्रचार हुनु दुःखद् भएको र सो विषय केसीको माग नै नभएको उनले प्रस्ट पारे।

१५ औं पटक भएको सम्झौतामा मेडिकल कलेजको आशयपत्र पाएकाको हकमा आयोग बनाएर सम्बन्धन प्रक्रिया अघि बढाउने भनिएकाले अस्पतालको विषय त्यतिखेरै सकिएको र अहिले इलाम आएर अनशन बस्दा बीएन्डसी र केसीलाई जोड्न नहुने अधिवक्ता भण्डारीले बताए। ‘यो आन्दोलन बीएन्डसी तथा मनमोहन(अस्पताल)विरुद्ध होइन, चिकित्सा शिक्षा आयोगको नीतिअनुसार सम्बन्धन प्रक्रिया अघि बढाउने भनेर सम्झौतामा भनिएको छ’, भण्डारीले भने।

विज्ञको सुझाव नमानिएकाले डा. केसीले ज्यानको बाजी राखेर बारम्बार अनशन बसेका उनले बताए। चिकित्सा शिक्षा क्षेत्रका विज्ञले बनाएको सुझावको कार्यान्वय केसीको मुख्य माग भएको उनीहरूको भनाइ थियो। जुन क्षेत्रको कानुन निर्माण गरिँदै छ त्यही क्षेत्रका विज्ञले दिएको सुझाव नमान्दा चिकित्सा क्षेत्र तहसनहस अवस्थामा पुग्न लागेको डा. सिंहले दाबी गरे।

डा. केसीसँग भएको सम्झौता अक्षरशः पालना हुन्छ भनेर पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले सञ्चार माध्यमसामु भनेको तर पालना नहुँदा मौन बसेकाले ध्यानाकर्षणका लागि इलाममा अनशन बसेको उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.