डा. केसी इलाम अस्पतालमा, स्वास्थ्य कमजोर

डा. केसी इलाम अस्पतालमा, स्वास्थ्य कमजोर

इलाम : मेडिकल शिक्षमा भएकोे व्यपारीकरणको अन्त्य, सम्झौता अनुसार राष्ट्रिय चिकित्सा ऐन ल्याउन माग गर्दै ६ दिन देखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ अवस्था थप कमजोर भएको छ। उनलाई तत्काल सीसीयू वा आईसीयू सेवा आवश्यक भएको चकित्सकले बताएका छन्। 

डा. केसीलाई निमोनियासहितका विभिन्न समस्या देखिएपछि सोमबार बिहान इलाम अस्पतालमा भर्ना गरिएको थियो। उनलको स्वास्थ्य अवस्था विग्रिएको र अस्पतालमा आइसीयूको व्यवस्था नभएकाले इमजेन्सी औषधी तयारीमा राखेको इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन डा विजेन्द्र कुमार शाहाले बताए। 

डा. केसीको छातीको दाया भागमा निमोनिया देखिएको, मुटुको चाल अनियमित भएको छ र पल्स पनि अनियमित भएको डा. शाहले जानकारी दिए। राति खोकी लाग्ने, मुटुको चाल तलमाथि हुने, बोल्दा आवाज हराउने समस्या आएपछि डाक्टर र उनका सहयोगीको आग्रहमा केसी इलाम अस्पतालमा सर्न राजी भएका थिए। 

उनलाई स्लाइन र अक्सिजन लगाइएको छ। चिकित्सकले संक्रमण रोक्न ऐन्टिवायोटिक्स प्रयोग गर्न  अनुरोध गरेपनि केसीले अस्विकार गरेका छन्।  केसीको प्रेसर ९०÷६०, पल्स १०० भएपनि अनियमित देखिएको छ। शरीरमा अक्सिजन ८९ प्रतिशत मात्रै रहेको डा. शाहाले बताए। उनका अनुसार सामान्य मन्छेको शरीरमा ९५ प्रतिशत भन्दाबढी अक्सिजन हुन्छ। शरीरमा तापक्रम सामान्य रहेको र पिसाबको मात्रा घटेको छ। केसी आवाजमा थोरै बोल्न थालेको डा शाहाले बताए। 

उनले भने “सरको अवस्था कुनै  बेलापनि तलमाथि हुने डर चाँहि छ।” यस्तो बिरामीलाई विशेषज्ञ सेवा र सीसीयू, आईसीयू सेवा चाहिने डा. शाहाले बताए।  शिथिल बन्दै गएका डाक्टरलाई भेट्न पन्ध्रौं अनशनमा केसीको तर्फबाट वार्ता टोलीका संयोजक रहेका डा.अभिषेक सिंहसहितको टोली इलाम आएको छ। डक्टर सिंहले सरकारले पछिल्लो सम्झौतामा शत्तिशाली चिकित्सा शिक्षा ऐनको परिकल्पना गरेर आयोगलाई कमजोर बनाउने खेल भएको आरोप लगाए। 

केसीको अभियानका सदस्य बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलेसम्झौतालाई कार्यान्वायन गर्नु मात्रै अहिलेको समस्याको समाधान भएको बताए। उनले देशभरका नागरिकले कसीको अभियानमा साथ दिएको दाबी गरे। अर्का अभियन्ता रमेश पौड्यालले सरकारले आफ्नै सम्झौता उलंघन गरेर विश्वसनियता घटाएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.