रामकृष्ण ढकालको सम्मानमा गीत, गजलको वर्षा

रामकृष्ण ढकालको सम्मानमा गीत, गजलको वर्षा

मञ्चको एकातिर हार्मेनियम, गितार जस्ता साम्रागी लिएर बाद्यबादकहरु लहरै बसेका छन्। हलमा टनाटन भरिएका दर्शक। ड्यासमा बसिरहेका छन्, नेपाल सुगम संगीतका महान हस्ती रामकृष्ण ढकाल, गीतकार बिष्णबाबु देवकोटा, शितल कादम्वीनी र गजलकार ईश्वर दाहाल । नेपाली साहित्य र संगीतका विशिष्ट व्यत्तित्वहरु दर्शक दिर्घाको आशनमा छन् । 

शनिबार राजधानीमा रहेको  कुञ्ज थियटरको दृश्य हो यो । अरु  रंगकर्मीकासंवाद र दृशयमा रंगीने थियटर शनिबार भने गीत, गजल र संगीतको स्वादमा तात्तिएको थियो । पुसको मुटु कमाउने चिसोकाबीच सर्जकहरु श्रोताको मनोरञ्जनका लागि आफ्ना सिर्जना पस्कने हतारमा थिए ।

नेपाल सुगम संगीतका बरिष्ट गायक रामकृष्ण ढकाललाई समर्पित गर्दै ‘गीत, गजल र शीतल’ कार्यक्रमको सातौं श्रृङखला भब्य तरिकाले सम्पन्न भयो। ढकालले सुगम संगीतमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनलाई अभिनन्दन पत्र र खादाले सम्मान गरिएको थियो । 

‘पाउ कहा विसाउँ ?, भरपर्दो छैन ठाउँ
इमान जमान छैन वेमान सारा गाउँ
आफ्नैलाई पालूं पोसूं, आफैंले लाउँ खाउँ
फुर्सद कहाँ कसैको हेर्ने अरुको घाउ । ’

रामकृष्ण ढकालले जव उक्त अन्तरा गुनगुनाउदै कार्यक्रमको शुरुवात गरे । दर्शकहरुले सँगसँगै गीत गाउदै कार्यक्रमको रौनक बढाएका थिए । ढकालले कार्यक्रममा केही गीत, केही गजल गुनगुनाएर रमाइलो माहोल सिर्जना गरे । दर्शकहरु ताली र हुटिङले उनलाई साथ दिइरहेका थिए । 

गजल र मुक्तक सुन्न पनि श्रोताहरु टिकट काटेर थियरट पुग्ने माहोल बनेकोमा ढकाले खुसी व्यक्त गरे। यहाँ गजल र मुक्तकका सस्टाहरुलाई सम्मान स्वरुप हरेक २÷२ महिनामा ‘गीत गजल र शितल कार्यक्रम सञ्चालन हुने गर्छ । 
कार्यक्रम र दुई जना सष्ट्राबीच गजल बाचनलाई तादम्भ्य मिलाउनका लागि सहजकर्ताको भूमिकामा छन् गीतकार शितल कादम्विनी । 

‘टिप्न खोजे मनको फुल विकटमा रहेछ
अरु नै कोही उनीसँग निकटमा रहेछ
सित्तैमा पाइन्छ लाग्थ्यो सबै माया यहाँ
मलाई के थाहा उनको माया टिकटमा रहेछ ।’

निकै मर्मस्पशी र प्रेमिल मुक्तकका हरफ सुनाउँदै मञ्चमा देखिए बिष्णुबाबु देवकोटा। उनका मुक्तक र गीतमा दर्शकहरु मज्जाले रमाइरहेका थिए ।कार्यक्रममा सबै उमेरका दर्शक देखिन्थे । 
देवकोटाको शब्दमा रहेको गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो । उनले करिब आधा दर्जन मुक्तक र  गीत बाचन गरेका थिए । कुनैमा शृङारिकता देखिन्थ्यो त कुनैमा भगवान नभएका कुरा । चितवन भरतपुरका देवकोटा नेपाली आधुनिक गीतका कहलएिका गीतकार हुन् । 

दोस्रो चरणमा एक थान गजल लिएर मञ्चमा उक्लिए ईश्वर दाहाल । ग्रामीण जीवनको ठेट भाषा र मौलिक पहिचानका कुरा दाहालका गजलमा समेटिएका थिए । उनका अधिकांश

गजलमा वर्गीय विभेदको आक्रोश देखिन्थ्यो । 
‘म चाहन्न कसैको उपहारले खेर जानु परोस 

एकदिन तिम्रै रुमालले घाँटी कसेर जानुपरोस
बा आमा गाउँको होचो झुपडीमा राखेको छु
जहा मृत्युले पश्दा पनि झुकेर जान परोस

ईश्वरले करिब एक दर्जन गजल बाचन गरे। उनका गजलले दर्शकहरुको तारिफ निकै पाए कार्यक्रमका शितल कादम्वीनीले पनि केहि गजलहरु बाचन गरेकी थिइन । यस्तै गायक राज सागर र प्रदिप ढकालले पनि गीत गाएर सुनाएका थिए । 

करिब दुई घण्टा सम्म निरन्तर रुपमा गीत गजल र मुक्तकको वर्षा भइरह्यो ।स्रस्टाहरु लेखेरै पनि बाच्न सक्ने बनाउनका लागी आफूले साहित्य र संगीतको क्षेत्रमा नयाँ गर्न खोजेको घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.