डा‍क्टर केसीको फोक्सोमा इन्फेक्सन, रगतमा फैलने खतरा

डा‍क्टर केसीको फोक्सोमा इन्फेक्सन, रगतमा फैलने खतरा

इलाम : सात दिनदेखि इलाममा अनशनरत रहेका डा. गोविन्द केसीको फोक्सोमा इन्फेक्सन भएको छ। मुटुको चाल अनियमित भइरहेकाले तत्काल सिसियु वा आइसियु सेवा आवश्यक भएको डाक्टरहरुले बताएका छन्। 

निमोनियासहितका विभिन्न समस्या देखिएपछि सोमबार बिहान इलाम अस्पतालमा उनलाई भर्ना गरिएको थियो। अहिले उनको अवस्था झनै बिग्रिएको इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा.विजेन्द्र कुमारले बताएका छन्। अस्पतालमा आइसियुको व्यवस्था नभएकाले इमरजेन्सी औषधि तयारीमा राखेको शाहाले बताए। 

डा. शाहले भने, ‘मुटुको चाल अहिले पनि अनियमित रहेको छ। उनको शरीरमा अक्सिजनको मात्रा घटेको छ। स्वासप्रश्वासमा समस्या आएको छ।’ डा. शाहाले उनको रोगँंग लड्ने क्षमता घट्दै गएको बताए। डा. केसीको छातिको दायाँ भागमा निमोनिया देखिएको, मुटुको चाल अनियमित भएको, पल्स पनि अनियमित भएको शाहाले जानकारी दिए। 

राती खोकी लाग्ने, मुटुको चाल तलमाथि हुने, बोल्दा आवाज हराउने समस्या आएपछि डाक्टर र उनका सहयोगीको आग्रहमा केसी सोमबार इलाम अस्पतालमा सर्न राजी भएका हुन्। 
उनलाई स्लाइन र अक्सिजन लगाइएको छ। रगतमा संक्रमण रोक्न ऐन्टिबायोटिक्स प्रयोग गर्न  अनुरोध गरे पनि केसीले अस्विकार गरेका छन्। उनको शरीरभरि इन्फेक्सन फैलने खतरा बढेको डा. शाहाले  बताए। उनले भने, ‘उहाँको उमेर र मौसमका कारण उहाँको शरीरमा संक्रमण फैलिएर रगतमा पुग्ने सम्भावना छ।’

केसीको प्रेसर ९०/६०, पल्स ३५ मा झरेको र शरीरमा अक्सिजन ८२ प्रतिशत मात्रै रहेको डा. शाहाले बताए। उनका अनुसार सामान्य मन्छेको शरीरमा ९५ प्रतिशतभन्दा माथि अक्सिजन हुन्छ।  उनले भने, ‘डा. केसीको अवस्था कुनै बेला पनि तलमाथि हुने डर छ।’ यस्तो बिरामीलाई विशेषज्ञ सेवा र सिसियु, आइसियु सेवा चाहिने डा. शाहाले बताए। 

शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी राष्ट्रिय चिकित्सा विधेयकलाई माफियामुखी बनाउन लागेको भन्दै सत्याग्रहमा बसेका हुन्। डा. केसीसँग सरकारले गरेको सम्झौता अक्षरशः पालना नभएपछि उनले ६ दिन अघि सत्याग्रह सुरु गरेका थिए।

केसीले सम्झौता विपरित संसद्को शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसद्मा पठाएको भन्दै बुधबार अपराह्न  पाँच बजेदेखि इलाममा सत्याग्रह सुरु गरेका हुन्। उनले ६ बुँदे माग अघि सारेका छन्।  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.