बलात्कारपछि हत्या घटनाका दोषी दम्पतीलाई जन्मकैदको फैसला

बलात्कारपछि हत्या घटनाका दोषी दम्पतीलाई जन्मकैदको फैसला

सुनसरी : १३ वर्षीया बालिका अनुसा राईको बलात्कारपछि हत्या घटनामा पुर्पक्षका लागि थुनामा रहेका धरान–१६, पुन्यमार्गका बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जन्मकैदको सजाय सुनाइएको छ ।

धर्मपुत्री बनाएर राखिएकी बालिका अनुसाको २०७३ फागुन १६ गते बलिमानको घरमै बलात्कारपछि हत्या भएपछि बलिमान दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको थियो ।

हत्याको २२ महिनापछि सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश खिमनन्द भुसालको इजलासले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको हो । पीडित पक्षको तर्फबाट जिल्ला न्यायाधिवक्ता गोकुल निरौला, सहन्यायाधिवक्ता सुदर्शन निरौला, अधिवक्ता मानबहादुर रुम्दाली, शिवराज चौहान र दर्शन राईले बहस गरेका थिए ।

पीडकका तर्फबाट अधिवक्ता मोहन कोइराला थिए । २०७३ चैत १४ गते जिल्ला अदालत सुनसरीले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थिए । त्यसपछि राई दम्पती थुनामै रहँदैआएका थिए ।

आर्थिक अवस्था नाजुक भएका धरान–१३ का जीतबहादुर राईले उनलाई छोरी अनुसालाई पढाउने भने पनि धर्मपुत्री बनाउन दिएका थिए । बलात्कारपछि हत्या गरिएकी अनुसाको छिमेकीलाई समेत थाहा नदिई दाहसंस्कार गर्न लागिएपछि स्थानीयहरुले विष खुवाएर हत्या गरेको आशंका गर्दै घटना सार्वजनिक गरेका थिए ।

घटना लगत्तै प्रहरीले गम्भीरता नदेखाएको भन्दै स्थानीयहरुले आन्दोलन गरेका थिए । आन्दोलनकारीले बलिमानको घर तोडफोड गरेपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.