भारतको सिलिगुढीलाई स्तब्ध पार्दै झापा पनि सेमिफाइनलमा

भारतको सिलिगुढीलाई स्तब्ध पार्दै झापा पनि सेमिफाइनलमा

वीरगन्ज : झापा ११ दोश्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मङगलबार वीरगन्जको नारायणी रंगशालामा भएको खेलमा भारत सिलिगुढीको रोयल फुटबल क्लबलाई दुईका विरुद्ध चार गोलले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो।

झापाका लागि राज कुमार कान्दाङवा, आशीष चापागाईं , शक्ति राई र विकेस लिम्बुले एक एक गोल गरेका हुन्। सिलिगुढीका लागि भने सिद्धान्त क्षेत्री र करन राइले एक एक गोल गरे।

खेल सुरु भएको सातौं मिनेटमै सिलगुरीको डी बक्स बाहिर पाएको फ्री किकमा राजकुमारले प्रहार गरेको बल  विपक्षीको गोलपोस्टको दोश्रो बारमा ठोक्किएर जालीभित्र पसेपछि झापाले खेलमा १–० को अग्रता लिएको थियो।

१८ औं मिनेटमा सिलगुरीका कप्तान अफजल अन्सारीले आफ्नै डी बक्सभित्र झापाका शक्ति राइलाई लडाएपछि पाएको पेनाल्टीमा आशीष चापागाईंले गोल गरेपछि झापाले २–० को अग्रता बनाएको थियो।

पहिलो हाफको खेल सकिँदा सम्म २–० ले पछाडि परेको सिलगुरीले दोश्रो हाफको खेल सुरु भएको १५ औं मिनेटमा नै एक गोल फर्काएको थियो। उसका लागि पहिलो गोल सिद्धान्त क्षेत्रीले गरेका थिए।

त्यसको ९ मिनेट लगत्तै फेरि झापाका शक्ति राइले आफनो टिमका लागि थप एक गोल गरेका थिए। दोश्रो हाफको ३६ औं मिनेटमा सिलिगुढीका करन राइले आफनो टिमका लागि दोश्रो गोल गरेपनि त्यसको तीन मिनेट नबित्दै झापाका विकेश लिम्बुले थप एक गोल गरेपछि झापाले सिलिगुढी माथि ४–२ को जित हात पारेको हो। 

मङगलवार भएको खेलको म्यान अफ दी म्याच झापका आशीष चापागाईं घोषित भए।

आजको जितसँगै झापाले फाइनल प्रवेशका लागि बिहीबार विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक वीरगन्ज ११ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

वीरगन्जका पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टिमको सहभागिता छ।

माघ ५ गते सम्म चल्ने प्रतियोगिताको विजेता टिमले कप सहित नगद पाँच लाख ५५ हजार ५५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल एक थान र प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.