दमौलीका होटलमा स्टिकर

दमौलीका होटलमा स्टिकर

दमौली : दमौलीका होटलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले स्टिकर टाँसेको छ। बजारका होटलको स्तरीकरण तथा अवस्था सुधारमा दबाब दिने उद्देश्यले स्टिकर टाँस्ने अभियान सुरु गरिएको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिए। ‘यसले होटललाई सरसफाइ र गुणस्तर वृद्धिमा दबाब दिनेछ’, उनले भने। अभियानको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गरे। दमौलीका पाँचवटा होटलमा स्टिकर टाँस गरिएको छ।

होटलको सरसफाइ तथा प्रयोग भएका खाद्यवस्तुको अवस्थाका आधारमा वर्गीकरण गरिएको डिभिजन प्रमुख बरालले बताए। डिभिजनका अधिकारीसहित होटल व्यवसायी, उद्योग वाणिज्य संघ, प्रशासन र स्थानीय तहका अधिकारी अनुगमनमा सहभागी थिए। विभागले अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी क, ख, ग र घ वर्गमा होटललाई वर्गीकरण गरेर स्टिकर टाँस्ने गरेको छ। खाद्यान्न र सरसफाइमा सबैभन्दा कमजोर होटलमा रातो स्टिकर टाँसिदिने चलन छ। दमौलीमा रातो स्टिकर टाँस्नुपर्ने अवस्था भने नदेखिएको बरालले बताए।

बजारका होटलको स्तरीकरण तथा अवस्था सुधारमा दबाब दिने उद्देश्यले स्टिकर टाँस्ने अभियान सुरु गरिएको हो।

केही होटलको सरसफाइको अवस्था निकै कमजोर भएकाले ‘घ’ वर्गको स्टिकर टाँस्ने तयारी गरिए पनि ती होटल दर्ता नै नभएको पाइएकाले टाँस गरिएन। ‘हामीलाई दर्ता भएका होटलमा मात्र वर्गीकरण गर्ने अधिकार छ’, उनले भने,‘दर्ता नभएकालाई दर्ता प्रक्रियामा लैजान ध्यानाकर्षण गराएका छौं।’ दर्ता नभएका ती होटललाई पनि अवस्था सुधार गर्न चेतावनी दिइएको उनले बताए। स्टिकरको अवधि एक वर्ष हुने बताइएको छ। होटलले अवस्था सुधार गरेमा माथिल्लो वर्गमा जान निवेदन दिन पनि सक्नेछन्।

दमौलीका केही होटलमा सुरुवातमा स्टिकर टाँसिए पनि यसलाई क्रमैसँग विस्तार गर्दै जाने लक्ष्य डिभिजनको छ। ‘हाइवेबाट पनि धेरै गुनासा आएका छन्’, बरालले भने, ‘अब त्यता पनि हाम्रो ध्यान जानेछ।’ उनले राजमार्ग क्षेत्रका होटलको परीक्षणका लागि स्तरीय प्रविधिसहितको भ्यान लिएर परीक्षण गर्ने बताए। अन्य बजारमा पनि क्रमैसँग परीक्षण र कारबाही गर्दै जाने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.