घरेलु उद्योगमा आकर्षण

घरेलु उद्योगमा आकर्षण

ओखलढुंगा : ओखलढुंगामा घरेलु उद्योगप्रति आकर्षण बढ्दै गएको छ। घरेलु तथा साना उद्योग विकास समितिमा एक वर्षको अवधिमा एक सय ६३ वटा उद्योग दर्ता भएका छन्। ०७४/७५ मा दर्ता भएकामध्ये ८७ उद्योग कृषि र वनजन्य छन्। अन्य ७६ उद्योग पर्यटन, उत्पादन र निर्माणजन्य छन्।

पछिल्लो समय जिल्लाभित्र व्यावसायिक कुखुरा, पशुपालन तथा कृषि फार्म सञ्चालनमा आउने क्रम बढ्दो छ। उत्पादित सामग्रीको बजार भाउ राम्रो भएकाले पनि धेरै कृषक तथा उद्यमी आकर्षित भएको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत कपिल अधिकारीले बताए। उनका अनुसार कृषि तथा वनजन्य वर्गमा बाख्रा, कुखुरा र बंगुरपालन गर्ने धेरै छन्। तरकारी, मौरीपालन, मछिनो तेल उत्पादन, फर्निचरजन्य सामग्री उत्पादन र कृषिजन्य सामग्री उत्पादन गर्ने उद्योग पनि दर्ता भएको अधिकारीले बताए। दर्ता भएकामध्ये केहीले उत्पादन पनि सुरु गरिसकेका छन्।

जिल्लाभित्र दर्ता भएर सञ्चालनमा आएका उद्योगको संख्या एक हजार पाँच सय ५० छन्। वाणिज्यतर्फ दर्ता भएका फर्मको संख्या आठ सयभन्दा बढी छ। गत आर्थिक वर्षमा घरेलुमा दर्ता भएका उद्योगको कुल पुँजी, स्थिर पुँजी र चालु पुँजी समेत वृद्धि भएको छ। एक वर्षमा १२ करोड ३९ लाख ६१ हजार चार सय ७२ रुपैयाँ कुल पुँजी पुगेको छ। जसमा पाँच करोड ३७ लाख ९९ हजार एक सय ३९ रुपैयाँ स्थिर पुँजी र सात करोड १६ लाख दुई हजार तीन सय ३४ रुपैयाँ चालु पुँजी छ।

अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा जिल्लामा एक सय ११ उद्योग दर्ता भएका थिए। त्यसमध्ये कृषि तथा वनजन्य उद्योग ४२ वटा थिए। आर्थिक वर्षको उद्योगमा पाँच करोड ७३ लाख ३३ हजार सात सय कुल पुँजी, दुई करोड ९८ लाख ७८ हजार ५५ र चालु पुँजी दुई करोड ७४ लाख ५५ हजार ६ सय ४५ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.