सवारी दुर्घटनामा चिया मजदुरको मृत्यु

सवारी दुर्घटनामा चिया मजदुरको मृत्यु

दमक : झापाको मेचीनगरमा मंगलबार बेलुका सवारी दुर्घटनामा हुँदा चिया बगानमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर ७ निवासी ४५ वर्षका डेनी जोन रहेका छन्। 

मेचीनगर नगरपालिका ६ स्थित पालिया खोला नजिकै ना ७ ख ४३९३ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएपछि रोडमा लडेका उनलाई मे १ ख २६५२ नम्बरको यात्रुबाहक बसले किचेपछि घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

ठक्कर दिने ट्याकंर र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.