कम्पनी रजिस्ट्रार 'अर्को मालपोत'

कम्पनी रजिस्ट्रार 'अर्को मालपोत'

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रारको कार्यालय भ्रष्टाचारको थलो भएको छ। असोजयता कार्यालयबाट १६ जना पक्राउ परिसकेका छन् भने १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ। कम्पनी रजिस्ट्रार कार्यालयमा दोस्रो मालपोत बनेको चर्चा छ यतिबेला।

सहायक रजिस्ट्रार गीताकुमारी पन्थी छोरीसँगै १ लाख रुपैयाँ घुससहित मंगलबार पक्राउ परेकी छन्। रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको विद्यालयको बाँकी रहेको कर तिर्न जाँदा राजस्व कम गरिदिने भन्दै पन्थीले घुस लिएकी थिइन्। काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङबाट सेवाग्राहीसँग घुस रकम लिई गरिरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। सहायक रजिस्ट्रार पन्थीले सेवाग्राहीसँग घुसबापतको रकम लिई छोरी पोषणलाई राख्न दिएकाले आमाछोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए।

यसअघि पुस २८ गते कार्यालयमा करारमा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। सेवाग्राहीको कम्पनीमा कायम रहन आएका सेयरधनीको सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको हो। कम्प्युटर अपरेटर आत्रेयसँगै पक्राउ परेकी बिचौलियाको काम गर्ने सरिता कार्की नेपालविरुद्ध पनि मुद्दा दायर भइसकेको छ।

असोज ११ गते सरकारी कागजात किर्ते गरेर शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालि अर्काको नाममा नामसारी गरेको अभियोगमा कार्यालयका २ उपरजिस्ट्रारलाई अख्तियारले पक्राउ गरेको थियो। कार्यालयका उपरजिस्ट्रार धर्मराज रोकाय र गंगाधार पौडेल पनि पक्राउ परेका थिए। मंसिर १२ गते ७० करोड रुपैयाँ बराबरको सम्पत्ति हात पार्न किर्ते गरेको आरोपमा उपरजिस्ट्रार रोकाय र पौडेलसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.