विवादले जलविद्युत् आयोजना प्रभावित

विवादले जलविद्युत् आयोजना प्रभावित

फिदिम : लगानीकर्ता र निर्माण कम्पनीबीचको विवादले पाँचथरमा निर्माणधीन हेवाखोला जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ। तेस्रो पटक थपिएको समय सकिँदा पनि आयोजनाले गति लिन सकेको छैन। पटक पटक म्याद गुज्रिएपछि लगानीकर्ता र निर्माण कम्पनीबीचको विवाद चुलिएको छ।

विवादकै कारण आयोजना निर्माणको काम थप प्रभावित बन्दै गएको छ। माउन्टेन हाइड्रो प्रालि नेपालको लगानीमा २०७१ मंसिरदेखि आयोजना निर्माण अघि बढेको थियो। हिमाल हाइड्रो एन्ड जेनेरल कन्ट्रक्सनले आयोजना निर्माणको जिम्मा लिएको थियो। चार वर्षमा तीन पटक थपिए पनि काम सकिएको छैन। निर्माण कम्पनीले प्रभावकारी रूपले काम नगरेको लगानीकर्ताको आरोप छ।

‘निर्माण कम्पनीको लापरवाहीले आयोजना प्रभावित बनेको हो’, तल्लो आयोजनाका प्रोजेक्ट म्यानेजर गणेश सुब्बाले भने, ‘तेस्रो पटक थपिएको समय सकिँदा पनि काम नहुँदा दुःख लागेको छ।’ विवादका कारण एक महिनायता निर्माणको काम ठप्प छ। लगानीकर्तासँग आर्थिक लेनदेन र आन्तरिक विवाद हुँदा काम प्रभावित भएको हिमाल हाइड्रोका इन्जिनियर बासु भट्टराईले बताए। ‘लेनदेनको कारण प्रभावकारी रूपमा गर्न सकिएन’, भट्टराइले भने, ‘कामको भुक्तानी नपाएपछि प्रभावकारी रूपमा काम हुन नसकेको हो।’ सम्झौताअनुसार ठेकेदार कम्पनीले काम नगरेकाले उसलाई बिदा दिनुपरेको लगानीकर्ताको भनाइ छ।

‘टनेलभित्रको काममा सोचेभन्दा फरक परिस्थितिको काम आइपरेको भन्दै रकममा विवाद झिकेर काम प्रभावित गराइयो’, सुब्बाले भने, ‘रेट फिक्स गरेकोमा पनि विवाद निकालिएपछि ठेकेदारलाई बिदा दिएका हौं।’ विवादकै कारण निर्माण सुरु गरिएको चार वर्ष बितिसक्दा पनि विद्युत् उत्पादन गर्न सकिएको छैन। एक वर्षअघि नै आयोजनाको काम अन्तिम चरणमा पुगेको भनिए पनि अहिलेसम्म काम सकिएको छैन। गत असारदेखि राष्ट्रिय प्रसारण लाइनमा २२.२ मेगावाट विद्युत् जडान गर्ने उद्देश्यका साथ आयोजनाको काम अघि बढाइको थियो। ‘निर्धारित समयमा काम सम्पन्न नहुँदा लागतसमेत बढेको छ’, पोजेक्ट म्यानेजर सुब्बाले भने, ‘काम अन्तिम चणमा पुगेको छ।’ अहिलेसम्म ९९ प्रतिशत काम सकिएको बताइएको छ। निर्माणको अन्तिम चरणमा पुगेपछि कामले गति लिन नसकेको उनको भनाइ छ। पछिल्लो एक महिनायता ठेकेदारलाई ‘टर्मिनेट’ गरेर लगानीकर्ता आफैंले कामलाई अघि बढाएको जनाइएको छ। लगानीकर्ता र ठेकेदारबीच विवाद चुलिएपछि दुवै पक्षले अदालतमा मुद्दा हालेका छन्। जिल्ला अदालत पाँचथर र काठमाडौं अदालतमा मुद्दा चलिरहेको निर्माण कम्पनीका इन्जिनियर भट्टराईले जानकारी दिए।

सिभिलको कामले अपेक्षित गति लिन नसक्दा मेकानिकल काम पनि रोकिएको छ। सिभिलको काम सपन्न हुने बित्तिकै बाँकी मेकानिकल काम पनि पूरा हुने बताइएको छ। अघिल्लो चैतमै सम्पन्न गर्नुपर्ने काम नसकिएपछि म्याद थपी असारमा सक्ने लक्ष्य राखिएको थियो। असारमा पनि काम नसकिएपछि फेरि दुई महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो। पछिल्लो पटक थपिएको दुई महिनामा पनि काम नसकिएको हो। काम सम्पन्न हुनुपर्ने मिति धेकेलिँदै गएकाले आयोजनाबाट केन्द्रीय प्रसारण लाइनमा विद्युत् जडान गर्न अझै केही महिना लाग्ने भएको छ।

पावर हाउस, टनेल, पेनस्टक ट्याक र कन्ट्रोल रुम निर्माणका काम पूरा भएको बताइएको छ। पावर हाउसमा मेसिन जडान गरिए पनि केही मेकानिकल काम पूरा हुन बाँकी छ। टनेल निर्माणको काम अन्तिम चरणमा छ। ‘सुरुङको काम पनि पुरा भएको छ’, सुब्बा भन्छन्, ‘सुरुङभित्र केही प्राविधिक पक्षलाई मिलाउन बाँकी छ।’ अबको दुई महिनामा काम सकिने सुब्बाले बताए। सुरुमा तीन अर्ब ६६ करोडको लागतमा सक्ने लक्ष्य राखे पनि निर्माण ढिलाले चार अर्ब २५ करोड लाग्ने अनुमान गरिएको छ। आयोजना निर्माणको प्रक्रिया सुरु भएको एक वर्षभित्र सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.