हरिसिद्धीमा दाम्लो काटेर गाई चोरी : काटेर खाने ६ जना पक्राउ

हरिसिद्धीमा दाम्लो काटेर गाई चोरी : काटेर खाने ६ जना पक्राउ

ललितपुर : ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित माया अधिकारीको गोठमा बाँधेको गाई दाम्लो काटेर चोरी भएको छ । गाई चोरी काटेर खाएको आरोप लागेका ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। 

उनीहरुलाई  महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएकाे छ। पक्राउ परेका ६ जनाले अभियाेग स्वीकारेका छन् ।

तीनवर्षदेखि हरिसिद्धिमा गाई पाल्दै आएकी धादिङकी माया अधिकारीका तीनवटा गाई मध्ये एउटा गाई पुस १० गते हराएको थियो । पुनः मंगलबार राति बाँधिएको ठाउँबाट अर्को गाई हराएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन । अधिकारीकाअनुसार बाँधेको ठाउँमा दाम्लो काटेर गाई चोरी भएको हाे। 

सातदोबाटो वृत्तका प्रमुख गौतम मिश्रले भने ‘गाई २३ नम्बर वडाबाट हराएको थियो तर खोज्दै जाँदा २८ मा भेटियो।’  हरिसिद्धीस्थित होसना इँटा भट्टाको माटो निकाल्ने ठाउँमा पुरिएको अवस्थामा गाई भेटिएको थियो । मासु निकालिसकेको र बाँकी रहेका टाउको, पुच्छर, छाला, हड्डी, खुट्टालगायत पुरेको अवस्थामा भेटिएको हो ।
 
गाई पुरेको भेटिएपछि इँटाभट्टा रहेका सबैका टहरामा प्रहरीले छापा मार्दा एकजनाको टहरामा मासु भेटियो । ‘तर त्यो मासु गाईको हो या अरुकै पहिचानका लागि डीएन परिक्षण गर्न पशु कार्यालयमा पठाइएको छ’ प्रमुख मिश्रले भने ।  थप अनुसन्धानका लागि भट्टाका साहु तथा नाइकेसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ । स्थानीयकाे सहयाेगमा प्रहरीले छापा मारेकाे थियो।
  
मुलुकी फौजदारी अपराध संहिताको परिच्छेद २७ काे उपदफा २ मा कुनै गाई वा गोरु मर्न गएमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ।  

६ जना मिलेर गाई चोरी ल्याइ फरुवाले हानेर मारेको र राम्रो मासु निकालेर बाँकी खाल्डोमा पुरेको आरोपीले स्वकारेको प्रहरीले जनाएकाे छ। प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये तीनजना ११/१२ वर्षका बालक र तीनजना ठूला छन् । बालकलाई मुद्दा नलाग्ने र अन्य तीन जनालाई चोरी र गौ हत्याकाे मुद्दा लाग्ने डीएसपी मिश्रले बताए ।

घटनामा सम्लग्नहरू काभ्रेको भकुन्डेबेसी र सिन्धुलीका भएको भनिए पनि नाम सार्वजनिक गरिएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.