इँटा भट्टाबाट ६ बालश्रमिकको उद्धार

इँटा भट्टाबाट ६ बालश्रमिकको उद्धार

विराटनगर : मोरङको कटहरी गाउँपालिका ५ मा रहेको कृष्ण प्रणाम इँटा भट्टामा   बालश्रमिकका रुपमा प्रयोग गरिएका छ जना बालकको बुधबार उद्धार गरिएको छ। प्रहरी र सिविन नेपालको संयुक्त टोलीले उद्धार गरेर उनीहरुलाई संरक्षणका लागि पूर्वाञ्चल अनाथ आश्रमको जिम्मा लगाएको छ। 

उद्धार गरिएका सबै बालक १६ वर्ष मुनिका रहेको मोरङ प्रहरीका प्रवक्ता डीएस्पी घनश्याम श्रेष्ठले बताए। १६ वर्ष मुनिका बालकलाई गैर कानुनी रुपमा काममा लगाएको पाइएपछि उद्धार गरिएको जानकारी उनले दिए। उद्धार गरिएका बालकहरु पाँच जना भारतीय र एक जना नेपाली छन्। 

डीएसपी श्रेष्ठका अनुसार भारतको कुछविहारका १६ वर्षीय रुवेल मियाँ, छितेही बंगालका १६ वर्षीय कासनकुमार विश्वास, १४ वर्षीय राजकुमार विश्वास, भारतको शितलखोशीका १४ वर्षीय काउछर आलम र भारतको बंगला गोलेनाहाटीका ११ वर्षीय रुवेल मियाँलाई उद्धार गरिएको हो। 

मोरङको कटहरी भौंडाहाका राजु सरदारका छोरा १३ वर्षीय मोहन सरदारलाई पनि बालश्रमिकका रुपमा प्रयोग गरेको पाइएपछि उद्धार गरिएको उनले बताए।  

बालकलाई गैरकानुनी रुपमा इँटा भट्टाको काममा लगाउने भट्टा संचालक विराटनगर महानगरपालिका ३ का ४७ वर्षीय फणिन्द्रबहादुर ढकाललाई पक्राउ गरिएकाे डीएस्पी श्रेष्ठले बताए। पक्राउ गरिएका ढकाललाई आवश्यक कारवाहीको लागि श्रम तथा रोजगार कार्यालय विराटनगरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।   

बालबालिकालाई अवैध रुपमा श्रममा लगाउँदा उनीहरुको ज्यानसमेत जोखिममा पर्ने उनको भनाइ छ। श्रेष्ठले अन्य इँटा उद्योगलेसमेत बालकहरुलाई गैर कानुनी हिसावले काममा लगाउने गरेको सूचनाका आधारमा त्यस्ता उद्योगमाथि निगरानी बढाइएको जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.