मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न शान्ति समाजको माग

मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न शान्ति समाजको माग

परासी : मानवअधिकार तथा शान्ति समाजले वाइडबडी जहाज खरिद प्रकरणमा जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ ।

समाजको पश्चिम नवलपरासी जिल्ला शाखाले बिहीबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेको हो ।

जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार र अनियमिततामा मन्त्री अधिकारीले संसदीय समितिमा नै पटक पटक झुट बोलेको प्रमाणित भइसक्दा पनि सरकारले बेवास्ता गरेकोले तत्काल बर्खास्त गर्नुपर्ने उसको माग छ ।

जिल्ला शाखा सभापति सन्तोष अधिकारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पठाएको ज्ञापनपत्रमा जहाज खरिद प्रकरणमा संलग्न अन्य प्रमुख व्यक्तिहरुलाई पनि कारबाही गर्न माग गरिएको छ । ज्ञापनपत्रमा अनशनरत डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गराउन पनि प्रधानमन्त्रीको ध्यानआकर्षण गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.