घाइते प्रहरी हवल्दारलाई काठमाडौं लगियो

घाइते प्रहरी हवल्दारलाई काठमाडौं लगियो

राजविराज : अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्रहरी हवल्दार महेन्द्र सतराको थप उपचारका लागि काठमाडौं लगिएको छ। सप्तरी जिल्लाको प्रहरी चौकी विसनपुरमा कार्यरत सतराको अवस्था गम्भीर भएपछि उनलार्इ बिहीबार काठमाडौं लगिएको हो।

विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत सतरालाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौं लगेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए। न्युरो अस्पतालबाट काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल भर्ना भएका उनको हाल काठमाडौंस्थित त्रिबी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

एसपी विष्टका अनुसार प्रहरी अस्पतालले समेत रेफर गरेपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो। बिराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत उनलाई हतियारधारी समूहले पछाडिबाट प्रहार गरेको गोली मेरुदण्डमा अडकिएर रक्तप्रवाह अवरुद्ध भएकोले निकाल्ने प्रयास भइरहेको छ।

बुधबार राति ८:१५ बजे तीनवटा मोटरसाइकलमा आएका हतियारधारी समूहले गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार गर्दा उनलाई गोली लागेको हो। खडक नगरपालिकाअन्तरर्गत बोदे बर्साइन जाने बाटोमा गस्तीमा खटिएका उहाँमाथि गोली प्रहार गरेको समूह मोटरसाइकलमै दक्षिण क्षेत्र बोदे बर्साइनतर्फ फरार भएको प्रत्यक्षदर्शीले बताएका थिए।

घटनास्थलमा सशस्त्र समूह प्रगतीशिल तराई मुक्ति मोर्चाका संयोजक सिजनको हस्ताक्षर भएको अपिल भेटिएको छ। घटना लगत्तै प्रउ विष्ट सहितको टोली घटनास्थल पुगेर आरोपितहरुको खोजी कार्य गरिरहेका छन्। उक्त क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिए पनि हालसम्म कोही पक्राउ नपरेको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए।

सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुर निवासी ३६ वर्षीय प्रहरी हवल्दार सतरा २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। तीन वर्ष अघि पुस २० गते साँझ सप्तरीको नर्घो–६ स्थित झोहरा चोकनजिकै अज्ञात समूहले झुटकी प्रहरी चौकीका इन्चार्ज असई झापाको भद्रपुर नगरपालिका ११ चन्द्रगढीका ४४ वर्षीय रमेश सुब्बाको गोली प्रहार गरी हत्या गरेका थिए।

 हत्या आरोपमा प्रहरीले ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएर एक जनालाई पक्राउ गरेपनि अदालतबाट साधारण तारेखमा रिहा भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.