ट्रिपरले बसलाई ठक्कर दिँदा १७ जना घाइते

ट्रिपरले बसलाई ठक्कर दिँदा १७ जना घाइते

खाँदबारी : संखुवासभाको धर्मदेवी नगरपालिका–५ मा ट्रिपरले बसलाई ठक्कर दिँदा १७ जना घाइते भएका छन्। घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।

बिहीबार दिउँसो नर्सरी चोकमा मुडेबाट चैनपुर आउँदै गरेकोे बा २ क ८५१५ नम्बरकाे ट्रिपरले १ ख २१६१ नम्बरको बसलाई ठक्कर दिएको थियो। चैनपुर नगरपालिकाको नुनढाकीबाट धरान जाँदै गरेको बस ट्रिपरसँग ठोकिएको थियो। गम्भीर घाइते हुनेमा चैनपुर–२ की १० वर्षीय बालक सविना खाती, झापा बुद्ध शान्ति गाउँपालिका–४ का ८२ वर्षीय वृद्ध खड्ग लिम्बु, चैनपुर–२ का १८ वर्षीय सन्तोश गौतम र  चैनपुर नगरपालिका–५ की ५० वर्षीय मेनुका थापा रहेका छन्।

गम्भीर घाइतेको थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी निरीक्षक कटुवालले बताए। अन्य घाइतेको धर्मदेवि नगरपालिका मुडेमा उपचार भइरहेको प्रहरीको भनाइ छ। बस चालक मोरङका मानबहादुर आलेमगर र ट्रिपर चालक धर्मदेवि–५ का धनबहादुर दमाईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ट्रिपर चाउन रोक लाइएको भए पनि जिल्लमा जुनसुकै समय सञ्चाल हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.