डा. केसीको स्वास्थ्यमा खतरा बढेको चिकित्सकहरुको चेतावनी
इलाम : चिकित्सा शिक्षाका सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा खतरा देखिएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले बताएका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षण अनुसार उनको स्वास्थ्यमा ९ प्रकारका समस्या देखिएको बताएका हुन् ।
यसका लागि अत्याधुनिक प्रविधियुक्त अस्पतालमा उनको उपचार गराउनुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् । प्रतिष्ठानको अस्पतालका सहनिर्देशक डा. विकाश साहको टोलीले डा. केसीलाई तत्कालै आईसियू र सिसियू भएका अस्पतालमा सार्नुपर्ने सुझाव दिएको हो ।
परीक्षणका क्रममा डा. केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भइ घटबढ हुन थालेको र शरीरमा हानिकारक रसायन बढ्दैगएको लगायत समस्या देखिएको बताइएको छ ।
इलाममा नौ दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य परीक्षण बुधबार साँझ गरेको थियो ।