राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी आन्दोलित : ओपीडी सेवा बन्द

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी आन्दोलित : ओपीडी सेवा बन्द

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी आन्दोलित भएका छन्। कर्मचारीको आन्दोलनका कारण अस्पतालको नियमित सेवाप्रवाहमा समस्या  देखिएको छ। 

प्रतिष्ठानको सुधारका साथै पेशागत सुरक्षाको माग राखेर  कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। 
उनीहरुले प्रतिष्ठानका उपकुलपतिसहितको प्रशासनिक कार्यालयमा कर्मचारीहरुले तालाबन्दी गरेर ओपीडी सेवासमेत बन्द गराएका छन्।  

बिहीबारदेखि आकस्मिक र प्रसूति सेवाबाहेकका सबै सेवा ठप्पप्रायः छन्। पहिलो दिन तालाबन्दी गरेका कर्मचारीले दोस्रो दिनदेखि सेवा ठप्प पार्न थालेको हुन्। 

संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले तालाबन्दी र बिहीवारदेखि बहिरंग (ओपीडी) सेवा ठप्प पारिएको बताए।इमर्जेन्सी, प्रसुतिलगायतका अत्यावश्यक सेवामा आफूहरुले कुनै असर नपारेको तर ओपीडी सेवा बन्द गरिएको बताए। 
अध्यक्ष गौतमले आफूहरु स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रप्रति गम्भीर भएको बताए। तर कर्मचारीहरुप्रति प्रतिष्ठान गम्भीर नभएको हुदा आन्दोलन गर्नु परेको बताए। आन्दोलित कर्मचारीहरुले अस्पतालमा कार्यरत अस्थायी, करार कर्मचारीहरुको समायोजन हुनुपर्ने, तबल खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राख्दै आएका छन। 

प्रतिष्ठान्ले साविक राप्ति उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका श्रेणीविहीन कर्मचारीहरुको म्याद थप नगरेको साथै चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफरिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष गौतमले जानकारी दिए। 

सुधारका लागि अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनले बताए।
प्रतिष्ठानले साविक राप्ति उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका श्रेणीविहिन कर्मचारीहरुको म्याद थप नगरी हटाउन खोजेको आरोप उनले लगाए। अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरुले साउनदेखि र सरकारी करार कर्मचारीले कात्तिकदेखि तलब पाएका छैन। 

प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीले प्रतिष्ठानले पूरा गर्न नसकने माग भएकोले आन्दोलनको विषयमा केही गर्न नसकिने बताइन्। 

सरकारको नीतिले नै हटाइएका कर्मचारीहरुको प्रतिष्ठानले समायोजन गर्न नसकने उपकुलपति भण्डारीले बताइन। उनले केही कर्मचारी र चिकित्सक आन्दोलनमा रहे पनि प्रतिष्ठानको काममा नरोकिएको बताइन। 
उनले मागलाई आफूले सिफारिस गरेर स्वास्थ्य मन्त्रालयमा पठाएको जानकारी दिइन्। उनले कर्मचारीका आन्दोलनभन्दा पनि  राजनीतिकरण भएको बताइन। 

भण्डारीले प्रष्ठिानलाई आवश्यक कर्मचारी विज्ञापनबाटै भर्ना गरिरहेको भन्दै अस्पताल र सरकारले राखेर करार कर्मचारीको स्वामित्व लिन नसक्ने बताइन। 

असोज १२ मा राप्ति उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएपछि कर्मचारी पनि प्रतिष्ठान मातहत आएका थिए। सरकारले अस्पताल विकास समिति खारेज गरेपछि असारयता कर्मचारीको म्याद थप भएको छैन।

फोटो : दाङको घोराहीमा रहेको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.