धनकुटाका लागि माघ ३ ‘कालो दिन’ : राजधानी माग्दै प्रदेश सांसद्‍ सडकमा

धनकुटाका लागि माघ ३ ‘कालो दिन’ : राजधानी माग्दै प्रदेश सांसद्‍ सडकमा

धनकुटा : प्रदेश नम्बर १ को अस्थायी मुकाम धनकुटालाई नतोकी अन्य ठाउँमा तोकेर धनकुटालाई ठूलो अन्याय गरेको भन्दै विरोधमा माघ ३ लाई धनकुटाबासीले ‘कालो दिन’को रुपमा मनाउँदै अधिकार फिर्ता ल्याउन आन्दोलन गर्ने उद्घोष गरेका छन्। 

साविकको पूर्वाञ्चल क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १ को अस्थायी मुकाम नतोकी विराटनगरमा तोक्ने तत्कालीन सरकारले निर्णय गरेकोमा आजको दिनलाई धनकुटावासीले सडकमा नाराजुलुस गर्दै कालो दिनको रुपमा मनाएका हुन्। 

सदरमुकामस्थित मदन चोकबाट सुरु भएको विरोध र्‍याली बजारको विभिन्न भागमा परिक्रममा गरी मदन चौकमा मै पुगेर विरोध सभामा परिणत भएको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद्‍ आर.सी. तुम्बाले सबै जिल्लाको बीचमा रहेको र हरेक हिसाबले उपयुक्त रहेको धनकुटालाई राजधानी बनाउनुको विकल्प नरहेको बताए।   
‘प्रदेश १ को राजधानी धनकुटालाई बनाऊ’ अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले धनकुटाको अधिकार खोसिएको आजको दिन धनकुटाका लागि कालो दिन भएको बताए। उनले राजधानी मागको आन्दोलन अब निर्णयक हुने र धनुकटेलीले यसलाई निर्णयक बनाएर छाड्ने उद्घोष गरे। 

विरोध सभामा नेकपाका जिल्ला सदस्य तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तुलमान राई लगायतले धनकुटालाई राजधानी बनाएर कालो दिनलाई नमेट्नेसम्म आन्दोलन जारी रहने बताए। 

धनकुटालाई प्रादेशिक राजधानी बनाउने निर्णय नभएसम्म आन्दोलन सशक्त रुपमा जारी रहने धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठले बताए। 

र्‍यालीमा प्रदेश संसद्, नागरीक समाज, बजारबासी विभिन्न पेशामा आवद्ध पेशाकर्मी धनकुटावासी लगायतको सहभागिता रहेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.