डा. केसीलाई काठमाडौं पठाइयो

डा. केसीलाई काठमाडौं पठाइयो

इलाम : सत्याग्रही डा. गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । चिकित्सा शिक्षा सुधारको माग राखी ९ दिनदेखि इलाममा अनशनरत केसीको स्वास्थ्य नाजुक भएपछि मध्यराति १०ः३० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्समा काठमाडौं पठाउन झापा लगिएको हो ।

केसीलाई काठमाडौं पठाउन पूर्वप्रधानन्यायधिस सुशीला कार्की, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल संयोजक तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वसभामुख दमननाथ ढुंगानालगायतले पहल गरेका थिए ।

१६‌औँ पटक इलाममा सत्याग्रह गरेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनलाई काठमाडौं ल्याउन नागरिक समाजका अगुवाको पहलमा काठमाडौं लगिएको उनका सहयोगी धर्म गौतमले जनकारी दिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्यमा नौ प्रकारका समस्या औंल्याएको छ । डा. केसीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव आएको इलाम अस्पतालका मेडिकल अधिकृत डा. विजेन्द्रकुमार साहले जानकारी दिए ।

प्रतिष्ठानका सहनिर्देशक डा. विकास साह नेतृत्वको टोली केसीको उपचारमा बुधबार इलाम आइपुगेको थियो । स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको छ ।

 उनमा अनशनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ । नौ दिनदेखि अनशनरत डा. केसीको केसीको शरीरमा इन्फेक्सन बढ्दै गएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.