डा. केसी शिक्षण अस्पतालको आईसीयूमा, स्वास्थ्य स्थिर
काठमाडौं : इलाममा अनशन बसेका डा. गोविन्द केसीलाई शुक्रबार बिहान काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याउनका लागि बिहीबार राति इलामबाट झापा पठाइएका केसीलाई झापाबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको बताइएको छ ।
डा. केसीको त्रिवि शिक्षण अस्पतालको आइसीयूमा राखी उपचार भइरहेको शिक्षण अस्पतालका कार्याकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।
डा. केसीको स्थास्थ्य अवस्था स्थिर रहेको, उनमा थकान र कमजोरी देखिएको डा.खड्गाले बताए । रगतलगायत अन्य परीक्षणको तयारी भइरहेको पनि उनले जानकारी दिए । डा. केसीको उपचारका लागि चिकित्सकको विषेश टोली बनाइने डा. खड्गाले बताए ।