खाना पकाउँदै गर्दा आगलागि हुँदा महिला घाइते
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका- ६ कडेरुवाकी २७ वर्षीया कल्पना चौधरी आफ्नै शरीरमा लागेको आगोबाट शुक्रबार गम्भीर घाइते भएकी छन्।
घरमा बसेर खाना पकाउँदै गर्दा चुल्होमा दाउराबाट आगो उनको शरीरमा सल्किएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान ८ बजेको समयमा चुल्हो छेउमा बसेर खान पकाइरहेका बेला लगाएको सारीबाट अचानक आगो सल्किएको थियो। आगोले हात, खुट्टालगायत शरीरको अगाडिका सबै भाग जलेर उनी घाइते भएकी छिन्।