मादी पुलबाट हाम फालेर एकको मृत्यु
दमौली : दमौलीको मादी पुलबाट हाम फालेर एक युवकको ज्यान गएको छ। पृथ्वी राजमार्गस्थित चापाघाट र दमौली जोड्ने मादी पुलबाट हाम फालेका व्यास ११ बेल्टारीनिवासी ४४ वर्षीय कृष्णबहादुर घर्तीको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान सवा ११ बजे पुलबाट हाम फालेका घर्तीको उपचारका क्रममा दमौली अस्पतालमा पौने १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ। खोलामा खसेका घर्तीको प्रहरीले उद्धार गरेको थियो। उनले केही समययता मानसिक रोगको औषधि सेवन गर्दै आएको बताइएको छ।