पानी जमेको खोल्डोमा १८ महिने बालकको शव फेला
बिर्तामोड : झापाको शिवसताक्षी नगरपालिकाका एक बालकको शव खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा फेला परेको छ। शिवसताक्षी नगरपालिकाका- ५ का स्थानीय गोपाल ताजपुरियाका १८ महिने छोरा टंकप्रसाद ताजपुरीयाको शव शुक्रबार मध्यान १२ बजेतिर आफ्नै घरको कल नजिक रहेको पानीको खाल्डोमा डुबिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
खाल्डोबाट निकालिएर बालकलाई तत्काल स्वास्थ्य चौकी लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता महेन्द्र श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
१