परशुरामधाम महोत्सव : पर्यटकको रोजाइमा र्‍याफ्टिङ

परशुरामधाम महोत्सव : पर्यटकको रोजाइमा र्‍याफ्टिङ

डडेल्धुरा : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको- ५ मा रहेको परशुरामधाममा लागेको धार्मिक तथा पर्यटकीय महोत्सवमा र्‍याफ्टिङप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।

आज मेलाको पाँचौ दिन महाकालीमा र्‍याफ्टिङ जलयात्रा गर्नेको संख्या बढेको महोत्सव आयोजकको भनाइ रहेको छ। जलयात्राका लागि राम्रो सम्भावना भएकाले महोसत्वको अवसरमा र्‍याफ्टिङ सुरु गरिएको आयोजकले जानकारी दिए। परशुरामधामसँगै जोडिएको महाकाली नदीमा पहिलो पटक र्‍याफ्टिङ संचालन गरिएको हो। महाकाली नदीमा साहसिक जलयात्रा र्‍याफ्टिङ पहिलो पटक परशुराम नगरपालिकाको पहलमा संचालन गरिएको हो।

महाकाली नदीमा परशुरामको महत्व र नेपाल भारत सीमावर्ती क्षेत्रका मानिसबीच धर्मिक मित्रता बढाउनका लागि पहिलोपटक र्‍याफ्टिङ सम्भावना परीक्षण गरी र्‍याफ्टिङ सुरु गरिएको हो। परशुराम नगरपालिकाले सम्भावना परीक्षण गरी धार्मिक महामहोत्सव अवधिभर र्‍याफ्टिङ सञ्चालनमा ल्याएको परशुरामका नगर प्रमुख भीमबहादुर साउदले बताए।

महाकाली नदी किनारमा रहेका चार धाममध्येको एकधाम परशुरामधामलाई धार्मिक सर्किटसँग जोड्न पहिलोपटक आयोजना गरेको धार्मिक महामहोत्सव तथा अन्य समयमा पनि पर्यटक भित्र्याउन र्‍याफ्टिङ सुरु गर्ने नगर उपप्रमुख कलावती बोहरले बताइन्।उनले परशुरामको प्रचारप्रसारका लागि यो कदम चालेको समेत उपप्रमुख बोहराले बताइन्।

धार्मिक महामोहत्सव पुस ३० गते नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । धार्मिक पर्यटन महामहोत्सवसँगै र्‍याफ्टिङ पनि सचांलन गरिएको परशुराम नगरपालिकाले जनाएको छ।महोत्सव अवधिभर जलयात्रा र्‍याफ्टिङ सञ्चालन गरिने जनाएका छन्। र्‍याफ्टिङ प्रति दिन सर्वसधारणको चाँप बढिरहेको स्थानीय तथा र्‍याफ्टिङ सहयोगी अमर साउदले बताए।

परशुराम नगरपालिका-५ को कल्पट्टेबाट र्‍याफ्टिङ सुरु गरिएको छ। कलपट्टेबाट परशुरामधाम रहेको स्थान बाङघाटसम्म ४.५ किलोमिटरको जलयात्रा सुरु गरिएको छ। धार्मिक पर्यटकलाई जलयात्राको भरपुर मनोरञ्जन दिन र्‍याफ्टिङ सुरु गरिएको स्थानीय कैलाश पाण्डेयले बताए।

नदीमा कर्णाली टुर एण्ड ट्राभल्सले र्‍याफ्टिङ परीक्षण गरी दुईवटा बोट सञ्चालनमा ल्याएको हो।सुरक्षित रुट भएकाले निर्धक्क सँग जलयात्रा गर्न सर्वसधारणलाई  कर्णाली टुर एण्ड ट्राभल्सका सञ्चालक देवराज जैशीले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.