'डाबोसमा नेपालको प्रस्तुति दमदार रहनुपर्छ'

'डाबोसमा नेपालको प्रस्तुति दमदार रहनुपर्छ'

काठमाडौं : वर्ल्ड इकोनोमिक फोरमको ४९ औं बैठकमा सहभागी हुन् प्रधानमन्त्री ओली नेतृत्वको २० सदस्यीय टोली आइतबार डाबोसतर्फ प्रस्थान गर्दै छ । आर्थिक दृष्टिकोणले विश्वशक्ति आर्जनको रस्साकस्सी चल्ने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमी फोरम)मा नेपालले यथार्थपरक अर्थ राजनीतिकेन्द्रित प्रस्तुति दिनसके प्रधानमन्त्रीको उपस्थितिले सार्थकता पाउने विज्ञहरूले बताएका छन् । 

नेपालले उदीयमान अर्थतन्त्रबीचको मुलुकको द्वारका रूपमा नेपाललाई प्रस्तुत गर्नुपर्ने उनीहरूले बताएका छन् । उक्त फोरम विकास र समृद्धिका लागि अन्तराष्ट्रिय विश्वास आर्जन गर्ने चर्चित थलोको रूपमा चर्चित छ । प्रधानमन्त्री ओलीले डाबोसमा उपस्थित छुट्टाछुट्टै सत्रमा धारणा व्यक्त गर्न सक्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

सन् १९७१ मा युरोपियन म्यानेजमेन्ट फोरमको नाममा स्थापित यसले डेढ दशकमै विश्व आर्थिक मञ्चको परिचय बनाएको हो । सरकार प्रमुख तहबाट उक्त फोरममा पहिलोपटक प्रधानमन्त्री सहभागी हुँदै छन् । ‘एलिटहरूको चेर्यस’ भनिने यो आर्थिक मञ्चलाई फुटबल र क्रिकेटपछि सबैभन्दा धेरै टेलिभिजन च्यानलमा देखाइने ‘कुम्भमेला’ मानिन्छ ।

उक्त फोरममा अतिकम विकसित मुलुकको सूचीबाट नेपालबाट प्रधामन्त्री जान लागेका हुन् । स्विट्जरल्यान्डको डाबोसमा विभिन्न देशका राजनीतिज्ञ, उद्यमी÷व्यावसायी अर्थनीति विज्ञ र कार्यकारीहरूको उपस्थिति रहन्छ । आगामी मंगलबार आरम्भ भएर शुक्रबार सकिने उक्त बैठकले विश्वको अर्थराजनीति केलाउँदै भावी विश्वको अर्थआधार निर्देश गर्छ ।

स्थापनाको पहिलो दशकमा कर्पोरेट र निजी क्षेत्रको उत्थानमा केन्द्रित फोरमले ९० को दशकमा सामाजिक र राजनीतिक सद्‍भावलाई अँगाल्यो । फोरममा आर्थिक वृद्धि र दिगो विकासको बहस बढी हुने गरेको छ । तीन वर्षअघि स्विस सरकारले अपनत्व लिँदै ‘पब्लिक प्राइभेट पार्टनरसिप’ गरेपछि यसको महत्व र प्रभाव चुलिएको हो ।

स्थापनामा युरोपमा सीमित डाबोस अमेरिका हुँदै एसियामा उदाउँदै गरेका मुलुकसम्म आइपुगेको छ । विश्वको ध्यान यतिबेला भारत र चीनतिर हुँदा नेपालले यसलाई ‘क्यास’ गर्नु आवश्यक रहको विज्ञहरूको धारणा छ ।

एकैसाथ धेरै सत्र चले पनि ‘इन्डिया एन्ड द वर्ल्ड’ नामक अन्तक्र्रिया हुनेछ । यसबाट एसियातर्फ आर्थिक विकास ढल्केको संकेत फारमले गरेको हो । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेतृत्व गर्ने उक्त बहसको चर्चामा छ । अमेरिका–चीनको सबै प्रकारको दुईपक्षीय राजनीतिमा भारतको पनि प्रवेश देखिन्छ । अमेरिकी अनौपचारिक सहकार्य ‘क्वाड’मा भारत, जापान र अस्ट्रेलिया साथमा छ । यो नीतिले ‘भारत भर्सेस चीन’लाई संकेत गरेको छ, जुन डाभोसमा देखापर्ने कार्यतालिकामा स्पष्ट छ ।

बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्रको भविष्यलाई आकार दिने (सेपिङ द फ्युचर अफ डेमोक्रेसी) र दक्षिण एसियामाथि रणनीतिक दृष्टिकोण (स्ट्राटेजिक आउटलुक अन साउथ एसिया) नामक दुई सत्रमा बहसकर्ताको रूपमा सहभागिता जनाउनेछन् । यसका अलवा प्रधानमन्त्रीले अनौपचारिक एक सत्रमा विश्व व्यापारबारे पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रसचिव शंकरदास बैरागी र सल्लाहकारहरू सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रममा सम्बोधनको अवसर जुराउन भने कूटनीतिक संयन्त्र चुकेको छ । दर्जन बढी सत्रमध्ये दुई वटामा मात्र प्रधानमन्त्री सहभागी हुनेछन् ।

राष्ट्रसंघको ७३ औं महासभामा बोलेका प्रधानमन्त्रीले विश्व नेतृत्वमाथि पहिलो पटक मुलुकको समृद्धि र विकासका बारेमा प्रस्तुति दिनुपर्ने सुझाव विज्ञहरूको छ ।

पूर्वराजदूत डा. दिनेश भट्टराईले भने, ‘प्रधानमन्त्रीले पुरातन राजनीतिभन्दा लगानीकर्ता समुदायलाई विश्वास दिलाउनेबारे बोल्न आवश्यक छ ।’ राष्ट्रसंघका पूर्वउपमहासचिवसमेत रहिसकेका ज्ञानचन्द्र आचार्यले पनि आर्थिक विकासमा बाह्य सहकार्यको क्षेत्र पहिल्याउने, नेपालको आकांक्षा विस्तारका लागि विश्व समुदायलाई आश्वस्त तुल्याउने एवं सहयोगका लागि मनाउने प्रयत्न नै पनि ठूलो हुने बताए । लगानी समेलनका लागि उनीहरूको ध्यान खिच्ने अवसर पनि भएको उनले बताए । योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले डाबोस अनुभव सुनाउँदै भने, ‘नेपालले आर्थिक उन्नति र लगानीका कुरा राख्न सक्नुपर्छ । लगानीमा केन्द्रित हुँदा राम्रो हुनेछ।’

परराष्ट्र मन्त्रालयले फोरमको कार्यक्रम हुनु अघिल्लो दिनको रिसेप्सन र साइड लाइन भेटघाट पनि आफैंमा महत्वपूर्ण रहेको बताएको छ । लामै साइडलाइन भेटघाटको तालिकासमेत तय गरेको छ । विश्वव्यापीकरण र आर्थिक विकासमा केन्द्रित फोरम निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने एक प्रभावशाली संस्था हो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । एसियाकेन्द्रित बनाइसकेको अवस्थामा नेपालजस्तो मुलुक यहाँ जानु आवशयक छ । ‘नेपालले विश्व मञ्चमा आफ्नो हैसियत जमाउनु उपर्युक्त समय यही हो’, विज्ञहरूको धारणा छ, ‘नेपालमा उपलब्ध लगानीका अवसर र सुधारिँदै गएको अर्थतन्त्रबारे आश्वस्त पार्ने प्रयास रहनुपर्छ ।’

विश्वव्यापीकरणमा जोडिने र ढुक्क भएर अन्तर्राष्ट्रिय परिदृश्यमा उपस्थिति देखाउने माध्यम मात्र होइन सरकारले आगामी चैतमा गर्न लागेको अन्तराष्ट्रिय लगानी सम्मेलनको आधार खडा गर्ने अवसर समेत हो । विश्व अर्थ–राजनीतिको इपिसेन्टर पश्चिमबाट एसियातिर सर्दै गर्दा चीन र भारतसँगै बीचमा रहेको नेपालको महत्व बढ्दो छ । 

बीआरई र अमेरिकाको हिन्द–प्रशान्त क्षेत्रमा अलम्बन गरेको रणनीतिका कारण पनि नेपालमाथि विश्वको आँखा छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यसमा सरकारको दमदार प्रस्तुति रहने बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा इँटा थप्ने काम प्रधानमन्त्रीको हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.