मकवानपुरमा धान उत्पादन बढ्यो

मकवानपुरमा धान उत्पादन बढ्यो

हेटौंडा : मकवानपुरमा यस वर्ष धान उत्पादन बढेको छ। चालु आर्थिक वर्ष २०७५/७६ मा ११ हजार एक सय ८० हेक्टरमा धान लगाइएकामा ४२ हजार आठ सय ८४ मेट्रिकटन धान उत्पादन भएको प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

गत आवमा मकवानपुरमा ११ हजार चार सय क्षेत्रफल हेक्टरमा धान लगाइएकोमा ४१ हजार चार सय मेट्रिकटन उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्र्ष धान रोप्ने बेलामा उपयुक्त वर्षा हुनुका साथै रासायनिक मल पर्याप्त उपलब्ध भएकाले धान उत्पादन वृद्धि भएको मन्त्रालयकी बाली विकास अधिकृत रचना देवले बताइन्। ‘गत वर्र्ष रोपाइँको समयमा लामो समय खडेरी परेका कारण उत्पादन घटेको थियो’, उनले भनिन्, ‘यस वर्र्ष जेठ दोस्रो सातादेखि वर्षा सुरु हुनुका साथै समयमै कृषकले रासायनिक मल प्राप्त गरेकाले धान उत्पादनमा वृद्धि भएको हो।’

मकवानपुर धानखेतीका लागि पकेट क्षेत्र मानिए पनि जिल्लामा बढ्दो सहरीकरण र जग्गा प्लटिङ, परम्परागत शैलीको खेती प्रणालीका कारण खेतीयोग्य जमिनको तुलनमा धान उत्पादन भने हुन नसकेको देवले बताइन्। मकवानपुरमा रहेको ३६ हजार पाँच सय ४२ हेक्टर खेतीयोग्य जमिनमध्ये वर्षे धानखेतीको लागि ११ हजार दुई सय हेक्टर जमिन छ। मकवानपुरको धानखेती हुने जमिन मध्ये ३५ प्रतिशत भागमा मात्र सिँचाइ सुविधा रहेको मन्त्रालयले जनाएको छ।

मकवानपुरमा प्रतिहेक्टर तीन दशमलव ५० प्रतिमेट्रिक टन धान उत्पादन हुन गरेको छ। मकवानपुरमा धानखेतीको उत्पादकत्व तीन दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। धान उत्पादन समयका आधारमा अगौटे, मध्यमा र पछौटे गरी ३ भागमा विभाजन गरिएको छ। मकवानपुरमा ‘मकवानपुर–१’, ‘हाइब्रिड’, ‘सावित्री’, ‘रामधान’ र माथिल्लो क्षेत्रमा ‘खुमल’, ‘टाइचिङ’ जातको धानखेती हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.