केसीका पक्षमा खबरदारी

केसीका पक्षमा खबरदारी

इलाम : डा. गोविन्द केसीलाई बिहीबार काठमाडौं लगिएपछि उनका समर्थकले सरकारलाई खबरदारी गरेका छन् । इलाममा डा. केसीको अभाव महसुस गरिएको उनीहरूको भनाइ छ ।

इलाम अस्पतालमा आईसीयू सेवा नभएकाले केसीलाई काठमाडौं लैजानुपरेको नागरिक अगुवा धर्म गौतमले बताए । माग पूरा गराएर पठाउन पाएको भए त्यसले जनतालाई अर्कै आनन्द दिलाउने गौतमको भनाइ छ ।

‘केसीले उठाएका माग उनको व्यक्तिगत नभई सिंगो राष्ट्र र जनताका हुन्’, उनले भने, ‘सरकार सम्झौताविपरीत अघि बढेका कारण केसीले सत्याग्रहको बाटो रोज्नुपर्‍यो ।’ नेकपा नेता योगश भट्टराईले इलाम आएर झूटको खेती गरेको आरोपसमेत उनले लगाए ।

महिला अधिकारकर्मी विष्णु दहालले केसीका माग बेथितिविरुद्ध भएकाले उनको समर्थन गर्दै सडकमा आएको बताइन् । नेकपा नेता झलनाथ खनाल र सुवास नेम्बाङले नदेखेका समस्या केसीले उठाएको उनको भनाइ छ । ‘केसीका माग पूरा नभएसम्म हामी सडकमै हुन्छौं’, उनले भनिन्, ‘केसीलाई इलामबाट लगियो भनेर सरकार चुप लागेर नबसोस् ।’

सत्याग्रह जारी रहँदा केसीको समर्थन गर्दै इलाममा दैनिक र्‍याली निकालिएको थियो । शुक्रबार पनि इलाममा र्‍याली निकालियो । उक्त र्‍याली सत्याग्रहस्थल ठूलो टुँडिखेल, नवीन चोक, मालापथ हुँदै पुनः बजारमा पुगेर सम्पन्न भएको थियो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले केसीको विरुद्धमा भिजिलान्ते प्रयोग नगर्न सरकारलाई आग्रह गरे । ‘केसीमा जस्तो त्याग अरूमा हुँदैन’, उनले भने, ‘उनको अभियानविरुद्ध उत्रिए प्रतिकार गर्न तयार छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.