विप्लव निकट युवासंगठनद्वारा सरकारविरुद्ध प्रर्दशन

विप्लव निकट युवासंगठनद्वारा सरकारविरुद्ध प्रर्दशन

डडेल्धुरा : विप्लव निकट युवा संगठन नेपालले सरकारविरुद्ध प्रर्दशन गरेको छ । देशव्यापी रुपमा थालिएको कार्यक्रमअनुसार संगठनले डडेल्धुरामा शुक्रबार प्रदर्शन गरेको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट आयोजना भएको र्‍याली बसपार्कमा पुगेर कोणसभामा परीणत भएको थियो । ‘भ्रष्टाचारीलाई कार्वाही गर’, ‘निर्मलालाई न्याय दे’, ‘चर्कोकर कम गर, ‘केपी प्रचण्ड मुर्दावाद’ भन्दै र्‍यालीले नारा लगाइएको थियो ।

कार्यक्रमबारे बोल्दै युवा संगठन नेपालका महाकाली इन्चार्ज श्याम भट्टले भने, ‘नेपालमा चर्को कर, बेरोजगारी तथा बलात्कार र दण्डहीनताका घटना बढिरहेका छन् । त्यसको हामीले विरोध गरेका छौँ’, उनले भने ‘सरकारका काण्डै काण्ड भइरहेका छन् विमान बेचेर तथा देशका खोलानाला बेचेर खाइरहेका छन्, हामीले त्यसको  देशव्यापी रुपमा विरोध गरिरहेका छाैँ ।’

देशको पश्चिमी क्षेत्रका कालिकोट, जाजरकोट, बाजुरा, बझाङ, डडेल्धुरा र कैलाली गरी ६ वटा जिल्लामा प्रर्दशन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।  यही शिलशिला नरोकिए देशव्यापी रुपमा नै आन्दोलन थाल्ने उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.