कम्युनिष्ट पार्टीले मात्र सुशासन ल्याउँछ : नेपाल

कम्युनिष्ट पार्टीले मात्र सुशासन ल्याउँछ : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीबाहेक अरुले सुशासन ल्याउन नसक्ने बताएका छन् । रिपूमर्दन स्मृति प्रतिष्ठान रामेछापले शनिबार राजधानीमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले यस्तो  दाबी गरेका हुन् ।  उनले जनताको रायसुझावका आधारमा दुईतिहाई बहुमतको सरकारले जनमुखी काम गर्दै जाने बताए । 

असल संस्कृतिको विकास हुनसके मात्रै समाज रुपान्तरण हुने स्पष्ट पार्दै उनले भने,–‘भ्रष्टाचारीलाई दण्डित गरे विस्तारै टाढिंदै जान्छन्, आँखा चिम्लिए उसले यति कमायो, यसो गर्‍यो मैले किन नगर्ने भन्दै झन्झन् यस्ता प्रवृत्ति हुर्किदै जाने भएकाले रोक्नुपर्छ। यसलाई रोक्न कम्युनिष्ट पार्टीमात्रले सक्छ ।’

पार्टी एकीकरणको काम केन्द्रदेखि तलसम्म पुर्‍याउन ढिलाई गर्दा पार्टीलाई धेरै नोक्सानी भएको नेता नेपालले बताए । पार्टी एकीकरणको काम छिट्टै सक्ने गरी गृहकार्य भएको उनले जानकारी दिए ।  

कृष्णलाल, गंगालाल र पुष्पलाल जन्मिएको रामेछापका जिल्लाका धेरै व्यक्तिले कम्युनिष्ट पार्टीमा रहेर संघर्ष गरेको उनले स्मरण गरे। नेता नेपालले स्व.रिपुमर्दन अधिकारीले पार्टीमा पुर्‍याएको योगदानको चर्चा गर्दै कम्युनिष्ट पार्टीका कार्यकर्ताले हुनुपर्ने आचरण उहाँबाट सिक्नुपर्ने धारणा व्यक्त गरे। ‘पञ्चायत कालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध उहाँ बृद्ध उमेर हुँदासमेत रामेछापले आयोजना गरेर आफूलाई बोलाएको कार्यक्रममा उहाँलाई देख्ने गरेको थिए।  उनले भने ।’
देशमा पेट्रोलियमा पदार्थ, कोइला खानीको उत्खलन,  पर्यटन र कृषिको विकास गर्न सके आर्थिक विकासमा ठूलो टेवा पुग्ने धारणा नेपालले राखे । 

कार्यक्रमका नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेल, माधव ढुङ्गेल, प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठ, प्रदेश सांसद शान्ति पौडेललगायतका नेताहरुले जिल्लामा स्व. रिपुमर्दन अधिकारीले पुर्‍याएको योगदानको चर्चा गरे । उनीहरुले कम्युनिष्ट आन्दोलनमा अधिकारीले खेलेकाे भूमिका अविस्मरणीय रहेको बताए।

रामेछापको साविकको गेलु गाविसमा जन्मिएका उनको २०७४ साल असोज ३१ गते निधन भएको थियो । उनको नाममा प्रतिष्ठान स्थापना गरी स्मारिका प्रकाशन गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.