सुन्तलामा रोग लागेपछि कृषकलाई पिरलो

सुन्तलामा रोग लागेपछि कृषकलाई पिरलो

भोजपुर : टेम्केमैयुङ गाउँपालिका २ छिनामखु रिमचिमका रामकुमार राईले यो वर्ष सुन्तलाबाट ठूलो घाटा बेहोरे। आफ्नो २५ रोपनी जग्गामा लगाएको सुन्तलाबाट गत वर्ष साढे पाँच लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्ष भने ८० हजार रुपैयाँ मात्रै आम्दानी गर्न सके।

विगत वर्षमा निकै राम्रो आम्दानी दिएको सुन्तला बगानमा यो वर्ष विभिन्न किराको प्रकोपले रोग लाग्दा सुन्तला उत्पादन घटेर गत वर्षको भन्दा राई पाँच गुणा बढी घाटा खाएको राईको भनाइ छ। ‘राम्रै लगानी गरेर सुन्तलाको स्याहार गरियो तर फल्ने बेला यो हालत भएपछि लगानी पनि डुब्यो,’ उनले भने, ‘बगानमा बोट सुक्ने, किरा लाग्ने, साना दाना लाग्ने भएपछि सोचेजस्तो आम्दानी नभएर उल्टै ठूलो घाटा बेहोर्नु पर्‍यो।’ उनले हरेक वर्ष बगान गोडमेल, मलजल गर्न ज्यालादारीमा मजदुर राखेका छन्। ६० हजार जति ज्याला र खानाखाजामै खर्च लाग्छ।

राईमात्र होइन, सुन्तलाबाटै राम्रो आम्दानी गर्ने जिल्लाका पश्चिम छिनामखु, नागी, अन्नपूर्ण, खावा, सिद्देश्वर लगायतका पकेट क्षेत्रमा यो वर्ष सोचेअनुरूप सुन्तला उत्पादन नभएपछि कृषक चिन्तित छन्। अन्य बाली पन्छाएर व्यावसायिक रूपमा सुन्तला खेती गर्ने कृषक यो वर्ष सुन्तला बगान रोगाएसँगै तनावमा छन्।

यो वर्ष ५० प्रतिशतभन्दा बढीले उत्पादन घटेपछि सबै लगानी डुबेको भोजपुर नगरपालिकास्थित गुप्तेश्वरका गणेश प्रधानले बताए। उनले भने, ‘गतवर्ष आफूले खाएर पनि ८० हजार बराबरको सुन्तला बेचेँ। तर यो वर्ष २० हजारको पनि उत्पादन हुन सकेन।’ उत्पादनमा गिरावट आएको देखेर सुन्तला खेती गर्ने जाँगर पनि हराएको उनको भनाइ छ। समयमा पर्याप्त वर्षा नहुनु, बोट पुरानो हुनु र रोगकिरा आदिको प्रकोपका कारण सुन्तला बगैँचा मासिँदै गएको कृषकको भनाइ छ।

प्रमुख पकेट क्षेत्रका रुपमा लिइने जिल्लाको पश्चिमी क्षेत्रमा सुन्तला उत्पादन कमी हुनुमा जलवायु परिवर्तन प्रमुख कारक रहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। यो वर्षको सुरुवात जेठबाट अम्लीय वर्षा निकै भएकाले सुन्तलाका बगानबाट राम्रो उत्पादन नदिएको केन्द्रका प्राविधिक सहायक विशाल राईले सुनाए। पश्चिमी प्रमुख पकेट क्षेत्रमा अम्लीय वर्षाका साथै सुन्तलाका बोटमा किरा लागेर विभिन्न रोगको प्रकोप देखिएको उनको भनाइ छ। राईले भने, ‘सुन्तलाका बोट सुक्नुमा किराले बोट खाएर त्यहीं औँशा पार्नाले पनि बगान सुक्ने देखियो। त्यसमाथि यो वर्ष पश्चिमी क्षेत्रमा अम्लिय वर्षा भएकाले पनि बोटका फुलहरु राम्ररी सप्रिन पाएनन्। त्यसकारण उत्पादन घटेको हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.