ललितपुर सानेपामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर सानेपामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर :  ललितपुरको कुसुन्ती हाइटमा कारको ठक्करले एक पैदल यात्रुको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा   गोर्खा आरुघाटका नारायण खनालको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन्। 

डीएसपी मिश्रकाअनुसार घटना आइतबार बिहान ५:३० मा भएको थियो । घाइते भएका खनाललाई प्रहरीले टाउका र कानबाट रगत बगेको अवस्थामा ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्याएको थियो। उनको ८:३० मा निधन भएको हो ।

मृतक  खनाल एक सहकारीमा सुरक्षा गार्डको काम गर्ने गरेको र ड्युटी सकाएर घर जाने क्रममा दुर्घटनामा परेका प्रहरीले जनाएको छ। 

 उनलाई ठक्कर दिने बा ११ च २६७४ नम्बरको कार पर्वत कुश्मा घर भइ हाल भैसेपाटी बस्दै आएका मोहनबहादुर क्षेत्रीको रहेको बताइएको छ । उनी कामको शिलशिलामा चितवन जान भनी हिडेका थिए । बिहान हुस्सुले अगाडी नदेखिएको र सडकमा हिडिरहेका खडका गाडी देखेर दौडीएपिछ घटना घटेको कारचालक मोहनबहादुर क्षेत्रीलाई उद्धृत गर्दैं प्रहरीले बताएको छ। 

धादिङमा कुखुरापालन लगायतका व्यवसाय गर्दै आएका उनी हाल सातदोबाटो प्रहरीको नियन्त्रणमा रहेको डीएसपी मिश्रले जानकारी दिए । 

निर्माणाधीन चक्रपथको बाटोमा बाटो काट्ने ठाउँ यकिन नभएको र आकाशे पुल 1 किलोमिटर टाढा रहेकाले यस्ता दुर्घटना बढेको प्रहरीलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.