प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । रुघा खोकी र ज्वरोले च्यापेपछि उनलाई ललितपुर धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनलाई आइतबार बिहान साढे ९ बजेतिर अस्पताल लगिएको हो ।सीता सुगर र प्रेसरका कारण लामो समयदेखि पीडित बन्दै आइरहेकी थिइन् । उनको दिल्ली, सिंगापुर लगेरसमेत उपचार गरिएको थियो ।
पारिवारिक स्रोतकाअनुसार अहिले सीतालाई सुगर र प्रेसर भन्दा पनि रुघाखोकी र ज्वोरोका कारण अस्पताल लगिएको हो।
उपचारका लागि विदेश लैजाने तयारीमा दाहाल परिवार रहेपनि समय निर्धारण भइसकेको छैन । उनलाई फलोअपका लागि बाहिर लैजाने अगाडी देखि नै तयारी रहेको बुझिएको छ ।