बाजुरामा छाउगोठको तथ्याङ्क संकलन गरिँदै

बाजुरामा छाउगोठको तथ्याङ्क संकलन गरिँदै

बाजुरा बडीमालिका : जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका लागि प्रहरीले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

अघिल्लो साता बूढीनन्दा नगरपालिका-९ अगाउँपानीमा छाउगोठमा आमासहित दुई छोराको मृत्यु भएपछि प्रहरीले स्थानीय तहको सहकार्यमा गोठको तथ्याङ्क सङ्कलन गर्न थालेको प्रनाउ भाटले बताए।

जिल्ला प्रहरी कार्यालय बाजुरा, टाँटे प्रहरीचौकी, इलाका प्रहरी कार्यालय कोल्टी र पिलुचौर प्रहरीचौकी कुन्नाले एकैसाथ छाउगोठको तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी प्रमुख भाटको भनाइ छ। 

। 
प्रहरीले भदौ १ मा आएको कानुनको विषयलाई मध्यनजर गर्दै गाउँगाउँमा सचेतनाका कार्यक्रम गर्दै आएको प्रहरी प्रमुख भाटले बताए। जिल्लाको सबैभन्दा बढी त्रिवेणी नगरपालिका-६ पन्धारामा सबैभन्दा बढी गोठ भेटिएका छन्। 

जिल्लामा छाउपडी कुप्रथाले जरो गाड्दै गएको छ। छाउ भएको बेला घरभन्दा टाढा राख्ने, दूध दही र गाईगोरुलाई समेत छुन नपाउने प्रथा कायमै रहेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय बाजुराले पनि आजै नौवटै स्थानीय तहका प्रमुखलाई पनि छाउपडी गोठ हटाउन जिल्लामा निर्वाचित जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरी छाउगोठ भत्काउन पत्र पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।

उनले बाजुरा जस्तो विकट क्षेत्रमा छाउपडी कुप्रथाका कारण विभिन्न घटना हुन थालेकाले सचेत नागरिक भएर छाउ भएका महिलालाई घरभित्रै बस्ने वातावरण र छाउगोठ भत्काउन स्थानीय तहलाई समन्वय गर्न पत्र पठाएको प्रमुख जिल्ला अधिकारी बरालको भनाइ रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.