डडेल्धुराको अमरगढी ‘स्मार्ट सिटी’ अध्ययन सुरु

डडेल्धुराको अमरगढी ‘स्मार्ट सिटी’ अध्ययन सुरु

डडेल्धुरा : डडेल्धुुराको अमरगढी नगरपालिकालाई ‘स्मार्ट सिटी’ रुपमा विकास गर्न अध्ययन प्रक्रिया अघि बढाइएको छ। नगरपालिकाले योजना निर्माण तथा प्रमुख समस्या पहिचान गर्न सुरु गरेर स्माटृ सिटीका लागि आवश्यक सूचांकबारे छलफल थालेको हो।

सरकारले विभिन्न दशवटा शहरलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने घोषणाअन्तर्गत अमरगढी नगरपालिका पनि परेको हो। शहरी विकास मन्त्रालयले स्मार्ट सिटी निर्माण प्रक्रिया अघि बढाउन ‘ग्रिड कन्सल्टेण्ट’ नामक परामर्शदातासँग सम्झौता गरेको नगरपलिकाले जनाएको छ।

दसमध्ये हाल स्याङ्जाको वालिङ, दैलेखको दुल्लु र डडेल्धुराको अमरगढीको अध्ययनमा स्याटलाइट वेशको काम अन्तिम चरणमा रहेको नगरपालिकाले जनाएको छ। 

अमरगढी नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रक्रियालाई तीव्रता दिन परिकल्पना तथा योजना निमार्ण सुरु गरिएको छ। जस अन्र्तगत शनिबार अमरगढी नगरपालिकाभित्रका सरोकारवालाहरुसंगको २ दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ। 

‘ग्रिड कन्सल्टेण्ट’ प्रमुख तथा स्मार्ट सिटीका योजनाकार निरज तिमल्सेनाका अनुसार  भूउपयोग नक्सा, बडागत  भेटघाट सम्पन्न भएका छन्। स्मार्ट सिटीभित्र स्मार्ट वासिन्दा, भौतिक पूर्वाधार,  शासन व्यवस्था र अर्थ व्यवस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई पु¥याउन योजना निर्माण गरिरहेको तिमल्सेनाले बताए। नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले स्थानीय तहको निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएको अहिले कार्यान्वयनमा अगाडि बढ्दा जनतासँग गरेका वाचा पूरा हुनेमा विश्वास व्यक्त गरेका छन्। 

स्मार्ट सिटी नगर प्रमुख एक्लैले मात्र बनाउन नसक्ने भएकाले यस कार्यमा सम्पूर्ण नगरबासी तथा सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरे सफल हुने बताए। 
डडेल्धुराका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमध्येका उग्रतारा मन्दिर, घटालथान, अमरगढी किल्ला, रावलतोली गुफा अमरगढी नगरपालिकाभित्र नै पर्दछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.