कुसुन्ती हाइटमा कारको ठक्करले पैदल यात्रुको मृत्यु

कुसुन्ती हाइटमा कारको ठक्करले पैदल यात्रुको मृत्यु

काठमाडौँ : ललितपुरको कुसुन्ती हाइटमा कारको ठक्करले एकजना  पैदल यात्रुको मृत्यु भएको छ। महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार दुर्घटना बिहान साढे ५ बजे भएको हो। 

घाइतेलाई प्रहरीले टाउको र कानबाट रगत बगेको अवस्थामा ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्‍याएको थियो। प्रहरीका अनुसार अस्पतालमा उपचारका क्रममा  ८:३० बजे उनकाे निधन भएको हाे । 

मृतक गोर्खा आरुघाटका नारायण खनाल रहेका छन्। उनी एक सहकारीमा गार्डकारुपमा कार्यरत थिए। ड्युटी सकेर घर जाने क्रममा उनलाई कारले हानेको हो। बा ११ च २६७४ नम्बरको कारमा पर्बतको कुश्मा घर भइ भैँसेपाटी बस्दै आएका मोहनबहादुर क्षेत्री सवार थिए।

उनी कामको सिलसिलामा बिहानै चितवन हिँडेको बताएका छन्। बिहान हुस्सुले अगाडि नदेखिएको अवस्थामा पैदल खड्का गाडी देखेर दौडीएपछि घटना भएको बताइएको छ।धादिङमा कुखुरापालन लगायत व्यवसाय गर्दै आएका उनी हाल सातदोबाटो प्रहरीको नियन्त्रणमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.