लागुऔषधसहित गुरुङ पक्राउ

लागुऔषधसहित गुरुङ पक्राउ

विराटनगर : सुनसरीको धरान १५ क ३१ वर्षीय योगेन्द्र गुरुङ लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन्। विराटनगर ११ महेन्द्रचौकबाट शनिबारराति साढे ११ बजेतिर प्रहरीको विशेष चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसी घनश्याम श्रेष्ठका अनुसार भारतको जोगवनीतिरबाट पैदल आउँदै गरेको अवस्थामा शंका लागेर शरीर खानतलासी गर्दा गुरुङको साथबाट लागुऔषध बरामद भएको हो। 

उनको साथबाट एभिल १४, डाइजेल्याव १३ र लुपिजेसिक १३ गरेर ४० एम्पुल लागुऔषध बरामद भएको श्रेष्ठले बताए । गुरुङविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन अनुसन्धान गर्नका लागि प्रहरीले आइतबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.