घरको ढोका फुटाएर ४ लाख नगदसहित गरगहना चोरी

घरको ढोका फुटाएर  ४ लाख नगदसहित गरगहना चोरी

विराटनगर  : विराटनगर महानगरपालिका- ६ मा एउटा घरको ढोका फुटाएर चोरी गरिएको छ। परिवारका सदस्य कोही पनि नभएको मौका छोपेर चोरी गरिएको प्रहरीले जनाएको छ।

घरधनी अशोककुमार मित्रुका माघ १ गते परिवारका सदस्यसहित भारततर्फ गएका थिए। घरमा कोही नरहेका कारण कहिले चोरी भयो भन्ने कुरा पत्ता लाग्न सकेको छैन। भारतबाट शनिबार साँझ विराटनगरस्थित घरमा आइपुगेपछि मित्रुकाले चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले ढोका फुटाई घर भित्रको दराजमा राखेको चार लाख नगद, एउटा डाइमण्ड सेट र १०/१२ तोला जति सुन चाँदीका गरगहना चोरी गरिएको बताए। उनले चोरीमा संलग्नको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.